बराह सेराेफेराे

बराह सेराेफेराे

371 Posts
सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रबिन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।
गर्मी बढेसँगै बिरामी बढे, रगतको अभाव

गर्मी बढेसँगै बिरामी बढे, रगतको अभाव

चितवन । जिल्लामा गर्मी बढेसँगै बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव भएको छ । रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले अपिल प्रकाशित गरी रक्तदान गर्न आह्वान गरेको छ । शाखा सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताललगायत निजी र सामुदायिक अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको उल्लेख छ । अपिलमा भनिएको छ, “हाल गर्मी मौसमको कारणले रक्तदान कार्यक्रमको आयोजना कम हुने गरेको र रगतको मागमा अत्याधिक वृद्धि भई मागअनुसार रगत आपूर्ति गर्न कठिन भएको छ ।” रक्तदान गरेर जीवनदान दिन सम्पूणर्…
उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

१४ जेठ, काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ । डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने कास्यमा सीमित बनेको हो । नेपालले उज्वेकिस्तानलाई २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो ।समूह ए को सेमिफाइनलमा काजकसेतानसँग पराजित भएको उज्वेकिस्तान र समूह ए बाट भारतसँग पराजित भएको नेपाल बिच तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जित हात पारेको हो । पहिलो सेटमा २५-२० को हारमा नेपाली टिमको एकदमै सिल्ली मिस्टेकका कारण पछि पर्यो । नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान बनाएको हो ।
नारायणगढ-बुटवल सडक विस्तारले मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

नारायणगढ-बुटवल सडक विस्तारले मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन् । नारायणगढ-बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपिपलका रुख काटिएको जानकारी दिए । “चार लेनको सडक विस्तारको काम सुरु भएसँगै हामीले सडक किनारका रुखबिरुवा तथा भौतिक संरचना हटाउन सुरु गरेका थियौँ”, उनले भने, “पूर्वी खण्डमा मात्रै दुई सय ५७ वटा पिपल…
सबस्टेसन निर्माणमा ढिलाइ भएपछि ठेकेदारलाई कुलमानको फोन, भने- सक्दैनौ भने छोडेर जाऊ

सबस्टेसन निर्माणमा ढिलाइ भएपछि ठेकेदारलाई कुलमानको फोन, भने- सक्दैनौ भने छोडेर जाऊ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिवार मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सब स्टेसनको अनुगमन भ्रमण गरेका छन् ।कार्यकारी निर्देशक घिसिङले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सब स्टेसनको निर्माण प्रगतिका विषयमा जानकारी लिएका थिए । गत फागुनको अन्तिम साता पनि अनुगमन भ्रमणमा गएका घिसिङ २२० केभी सब स्टेसन निर्माणमा त्यसपछि कुनै प्रगति नदेखिएपछि आक्रोशित बनेका थिए । त्यतिबेला ठेकेदार कम्पनीहरूले आगामी असारभित्र सब स्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिए । उनले सब स्टेसन निर्माणस्थलबाटै निर्माणको ठेक्का लिएका भारतीय कम्पनीहरू सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त…
असिनाबाट २ करोडको काँक्रोको बीउ नष्ट

असिनाबाट २ करोडको काँक्रोको बीउ नष्ट

पर्वत । हरेक वर्ष करोडौँको काँक्रोको बीउ बेच्दै आएका पर्वतको फलेवास नगरपालिका ११ पाङराङका किसान यस वर्ष निराश छन् । असिनाले लगाएको सबै काँक्रो चुटेपछि किसान निराश भएका हुन् । स्थानीय नारायण स्थान बीउ उत्पादन सहकारीमा आबद्ध भएका किसानको मुख्य आम्दानीको स्रोत काँक्रोको बीउ हो । यस वर्ष असिनाले १२० परिवारको बीउ नासिएको सहकारीका अध्यक्ष मायाकुमारी पाठकले जानकारी दिए । यस वर्ष असिनाले १ करोड ७५ लाख बराबरको बीउ र बीउमा गरिएको ५० लाख बराबरको लगानी नष्ट भएको पाठकले जानकारी दिए । बीऊ उत्पादनबाट वर्षेनी रु २ देखि रु. २ करोड १० लाख रुपैयाँसम्म भित्र्याउँदै आएको यो गाउँमा यस वर्ष…
भारतीय ठेकेदारद्वारा सुस्तामा नदीजन्य पदार्थको चरम दोहन

भारतीय ठेकेदारद्वारा सुस्तामा नदीजन्य पदार्थको चरम दोहन

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा भारतीय ठेकेदारले नदीजन्य पदार्थको चरम दोहन गरेका छन् । सुस्ता गाउँपालिकामा पर्ने गण्डक क्षेत्रको ए ग्याब र बि ग्याबमा रहेका स्पर ठोकर र बाँधको अहिले मर्मत भइरहेको छ । संरचनाहरू जीणर् भएपछि नदी छेउमा निर्माण गरिएका बाँधलाई चौँडा गर्ने काम र स्परहरुको मर्मत र नयाँ निर्माणसमेत गरिदैं छ । यही कामलाई देखाएर भारतीय ठेकेदारले सुस्तामा चरम दोहन गरेका हुन् । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले नदीमा दिनहुँ भइरहेको दोहन रोक्न नसकिएको गुनासो गरे । नियमन गर्ने निकाय समेतले तदारुकता नदेखाउँदा मापदण्ड विपरीत चरम दोहन भइरहेको उहाँले बताउनु भयो । प्रहरी प्रशासनबाट समेत सहयोग नपाएका कारण…
फेवातालमा डुबेर एकजनाको मृत्यु

फेवातालमा डुबेर एकजनाको मृत्यु

कास्की- माछा मार्ने क्रममा पोखराको फेवातालमा डुवेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही जिल्लाको अन्नपूणर् गाउँपालिका १० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ६३ वर्षे मिन गुरुङ रहेका छन् । शनिबार दिउँसो करिव ४ बजे तालको पामे खपौदी क्षेत्रबाट वेपत्ता भएका गुरुङको शव वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा रेस्क्यु टोली तथा शसस्त्र प्रहरी बलको टोलीले खोजतलास गर्दा साँझ ७ बजेतिर तालबाट फेला परेको हो । उक्त शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।
केन्द्रीय बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

केन्द्रीय बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौँ- नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे्रजरी बिल बिक्री गर्न लागेको हो । यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ । यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले रु ३४ अर्ब २० करोड बराबरको टे्रजरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो । पछिल्लो पटक बिक्री गर्न लागिएको टे्रजरी बिल २८ दिने अवधिदेखि तीन सय ६४ दिने अवधिसम्मको छन् । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त टे्रजरी बिल बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकका अनुसार हाल टे्रजरी बिलको…
सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

सप्तरी । सप्तरीको राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा आज करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । कक्षा १० मा अध्ययनरत राजगढ गाउँपालिका वडा नम्बर १ झुटकीका लक्ष्मणप्रसाद यादवको १५ वर्षीय छोरा पेसलानन्द यादवले विद्यालयको आज्ञा बमोजिम बिजुलीको पोलमा तार हुकिङ् लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । विद्यालयमा प्रत्येक शुक्रवारका दिन नियमित हुने अतिरिक्त क्रियाकलापका लागि आयोजना गरिएको कार्यक्रममा स्पिकर बजाउने प्रयोजनका लागि बिजुलीको पोलमा तार हुकिङ लगाउन पेसलानन्दलाई लगाइएको थियो । करेन्ट लागेर घाइते भएका बालकलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा पुराए लगत्तै उनको मृत्यु भएको थियो । शवलाई पोस्टमार्टमका लागी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.