बराह सेराेफेराे

बराह सेराेफेराे

374 Posts
काठमाडौंमा जारी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइन आज

काठमाडौंमा जारी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइन आज

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनमा आज घरेलु टोली नेपालले काजकिस्तानसँग खेल्दै छ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ३-१ को सेटमा पराजित हुँदै नेपाल समूह उपविजेताको रूपमा अन्तिम चारमा पुगेको हो । कजाकस्तान समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । सहभागी ८ टिममध्येकै बलियो मानिएको कजाकस्तानले अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न भने सकेको छैन । समूह चरणमा शत प्रतिशत नतिजा निकालेको कजाकस्तानसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । आजै हुने पहिलो सेमिफाइनलमा समूह एको विजेता भारतले भने समूह बीको…
बच्चामा अन्धोपनको जोखिम बढाउने आरओपी समस्या के हो ?

बच्चामा अन्धोपनको जोखिम बढाउने आरओपी समस्या के हो ?

सामान्य बच्चाको तुलनामा समयअगावै जन्मिएका बच्चामा विभिन्न किसिमका स्वास्थ्य समस्या धेरै देखिन्छन् । अन्य शारीरिक समस्यासँगै समय नपुगी जन्मिएका र कम तौल भएका बच्चामा आँखाको समस्या पनि देखिन्छ । समयअगावै जन्मिएका बच्चामा देखिने आँखाको समस्यामध्ये ‘रेटिनोप्याथी अफ प्रिमच्योरिटी (आरओपी)’ पनि एक प्रमुख समस्या हो । उमेर नपुगी जन्मिएका, कम तौल भएका र सुत्केरी हुने समयमा राम्रो ख्याल नपाएका बच्चामा यस्तो समस्या देखिन्छ । आरओपी रोग विश्वभरका बच्चामा हुने अन्धोपनको मुख्य कारण हो । यो रोगमा आँखाको पछिल्लो भागमा हुने पर्दामा असर पर्छ । के हो आरओपी ? प्रिम्याच्युअर्ड अर्थात् ३४ हप्ताभन्दाअघि जन्मिने र दुई केजीभन्दा कम तौल भएका शिशुको आँखामा…
काँक्राका फाइदै-फाइदा, कुन समयमा खानु राम्रो ?

काँक्राका फाइदै-फाइदा, कुन समयमा खानु राम्रो ?

चर्को गर्मीमा काँक्रा खानुको मज्जा नै बेग्लै हुन्छ । धेरैजसो सलादकै रुपमा खाइने काँक्राले शरीरलाई हाइड्रेटेड राख्नुका साथै छालाको सौन्दर्य पनि बढाउँछ । काँक्राका बेफाइदा नै छैनन् भन्दा पनि हुन्छ, यसका फाइदै फाइदा छन् । यसमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ । त्यस्तै कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, फलाम, सल्फरजस्ता बहुपयोगी तत्व समेत काँक्रामा पाइन्छ । पोषक तत्वले भरिपूणर् यस फलमा ९६ प्रतिशतसम्म पानीको मात्रा पाइने गर्छ । एक अध्ययनअनुसार कम फ्याट र क्यालोरीले भरिपूणर् काँक्राले धेरै रोग लाग्नबाट बचाउँछ । काँक्रा खाने सही समय बिहान खाली पेटमा काँक्रा खानु पाचनक्रियाका लागि फाइदाजनक हुन्छ । त्यसपछि बिहानको खानापछि, दिउँसो,…
पाल्पामा एक महिनाको अवधिमा पाँच सय वढी स्थानमा आगलागीका घटना

पाल्पामा एक महिनाको अवधिमा पाँच सय वढी स्थानमा आगलागीका घटना

पाल्पा- एक महिनाको अवधिमा पाल्पाको ५१९ स्थानमा आगलागीका घटना भएका छन् । वैशाख लागेपछि जिल्लाका अधिकांश स्थानमा आगलागीका घटना भएका हुन् । सबैभन्दा धेरै चुरे क्षेत्रमा पर्ने तिनाउ गाउँपालिका क्षेत्रमा १०१ स्थानमा आगलागी भएको डिभिजन वन कार्यालय पााल्पाले जनाएको छ । यस्तै माथागढीमा ९३, पूर्वखोलामा ७६, रैनादेवी छहरामा ७५ स्थानमा आगलागी भएको छ । रिब्दीकोटमा ५८, निस्दी गाउँपालिकामा ५३, रम्भामा आठ र बगनासकालीमा तीन, रामपुर नगरपालिकामा ३७ र तानसेन नगरपालिकामा १५ स्थानमा आगो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । स्थानीय बासिन्दाका सामान्य लापरबाहीले नै जिल्लाभर नै आगलागीका घटना बढेको हो । गत वर्ष यो अवधिमा पाँच स्थानमा मात्र…
कृषकलाई मौरीसहितको घार

कृषकलाई मौरीसहितको घार

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका-४ छिम्लीस्वाराका कृषकलाई मौरीसहितको घार वितरण गरिएको छ । समूहमा आबद्व ४६ कृषकलाई मौरीसहितको घार वितरण गरिएको हो । ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी र म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले कृषकलाई घार हस्तान्तरण गरे । कृषकलाई कृषि पेसामा आकर्षित गराउन अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखिएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए । मौरीपालनसम्बन्धी स्थलगत तालिम तथा अभिमुखीकरण कार्यक्रममा सहभागी भएका कृषकलाई मौरीसहितको घार अनुदानमा वितरण गरिएको हो । कृषकको आयआर्जनमा वृद्वि गराई आर्थिक क्षेत्रमा…
खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका-१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका-१ घर भई खाँदबारी-१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका-१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन् । उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन् । गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । गदाल बिहीबारमात्र नेपाल प्रहरीको तीन…
जंगली च्याउ खादा विरामी

जंगली च्याउ खादा विरामी

दमौली । तनहुँको व्यास नगरपालिकामा जंगली च्याउ खाएर एकै घर परिवारका तीन जना विरामी परेका छन् । व्यास ५ चिन्तुटारका सुकबहादुर तामाङ, मिन माया तामाङ र थमन तामाङ विरामी च्याउ खाएर विरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । उनीहरुलाई दमौली अस्पतालमा ल्याएर उपचार गरिएपनि विरामी मध्येका सुकबहादुरलाई थप उपचारका लागि पोखरा लगिएको छ । विहीबार विहान खानासँगै जंगली च्याउ पकाएर खादा भएको घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
तातोपानी नाकामा व्यवसायीका दुःख, दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी

तातोपानी नाकामा व्यवसायीका दुःख, दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी

काठमाडौँ । नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी सञ्चालनमा आए पनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ । लामो समयदेखि बन्द रहेको तातोपानी नाका वैशाख अन्तिमबाट दुवैतर्फ सञ्चालनमा आएको हो । तर नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनीय हुँदा दुर्घटनाको जोखिमका कारण नेपाली व्यवसायीहरुले आवश्यक सामग्री ओसारपसार गर्न सकेका छैनन् । पछिल्लो समय सडकको दुरावस्थाका कारण तातोपानी नाकाबाट व्यवसायीहरूले सामान आयात गर्नै छोडेका छन् । सडक राम्रो नहुँदा र तातोपानी नाकाबाट सामान नेपाल भित्र्याउँदा धेरै समय लाग्ने गरेकाले व्यवसायीहरुले अर्को नाकाबाट सामान आयात गर्नुपरेको गुनासो गरे । सडकको स्तरोन्नति र विस्तार हुन नसक्दा व्यवसायीहरुले वर्षेनी सास्ती भोग्नुपरेको छ । तातोपानी…
अव्यवस्थित बसोबासको समस्या हल नहुँदा सम्पन्न भएन वागमती करिडोर

अव्यवस्थित बसोबासको समस्या हल नहुँदा सम्पन्न भएन वागमती करिडोर

काठमाडौं।निर्माण सुरु भएको साढे दुई दशक बित्दासमेत अव्यवस्थित बसोबासका कारण वाग्मती करिडोरको निर्माण सकिएको छैन । सहरको मध्यभागमा समस्या नभएका ठाउँमा ट्र्याक खोलिइसकिएको भए पनि तिलगङ्गा, थापाथली, बल्खुलगायतका क्षेत्रमा अव्यवस्थित बस्तीले गर्दा ट्र्याक खुल्न बाँकी रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले बताए । बानेश्वर क्याम्पस क्षेत्रमा एकातिर मात्रै खुलेको छ भने अर्कातर्फ खुल्न सकेको छैन । तिलगङ्गाबाट अगाडि देब्रे सडक मात्रै खुलेको छ । उनले भने, “तीनकुने पुलबाट दायाँतर्फ सिनामङ्गल पुल नजिकै दुई किमी सडक खुल्न सकेको छैन ।” अव्यवस्थित बसोबासीका विषयमा राष्ट्रिय मुद्दा बनेको र यसको समाधान भएपछि मात्रै ती स्थानमा सडक निर्माण…
मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ ।

मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ ।

मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको मङ्गलबार आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको हो । उनले लामो समय विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए । अभियोजकको कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को मेक्सिकन शाखाले सरकारी कर्मचारीको रूपमा काम गर्ने रामिरेजले संदिग्ध अपराधीहरूलाई पक्राउ गर्न योगदान पुर्‍याएको बताए । गैरसरकारी सञ्चार अधिकार समूहले ‘हत्या नगरपालिका अधिकारीको रूपमा उनको कामसँग सम्बन्धित थियो वा उनको पत्रकारिताको अभ्याससँग सम्बन्धित थियो छानबीन गर्न’ उभियुक्तलाई कानुनी कारबाहीको दायरामा तत्काल ल्याउन आग्रह गरेको छ ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.