बराह सेराेफेराे

बराह सेराेफेराे

371 Posts
गणतन्त्र दिवस भव्यरुपमा मनाउन मुख्यमन्त्री हिक्मत कार्कीको निर्देशन

गणतन्त्र दिवस भव्यरुपमा मनाउन मुख्यमन्त्री हिक्मत कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेश सरकारले १६औँ गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउने निणर्य गरेको छ । मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निणर्य गरेको हो । जेठ १४ गते विराटनगर महानगरपालिको नेतृत्वमा नगर क्षेत्रका ऐतिहासिक तथा धार्मिक सम्पदाको सरसफाइ गर्ने, जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक समारोह गर्ने र लोकतन्त्रको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका पत्रकारलाई सम्मान गर्ने तय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिए। गणतन्त्र दिवसका अवसरमा वन, पर्यटन तथा वातावरण मन्त्रालयले विभिन्न स्थानमा वृक्षरोपण गरिनेछ ।…
चुनाव हारेपछि सफलतातर्फ लम्किएकी ममिता

चुनाव हारेपछि सफलतातर्फ लम्किएकी ममिता

अशोक विश्वकर्मा। स्थानीय तहको पहिलो निर्वाचनमा जनप्रनिधी भएर जनताको काम गर्ने चाहाना पुरा नभएपछि व्यवसायिक कृषि पेशामा लागेकी ममिता गुरुङको सफलता उन्मुख संषर्घ चाखलाग्दो छ । तनहुँको रतनपुर पृथ्वीराजमार्गबाट झण्डै २२ किलोमिटरको ग्रामिण सडक पार गरेपछि मात्र पुग्न सकिन्छ । शुक्लागण्डकी नगरपालिका १ मा रहेको यही वस्तीमा ममिता दम्पतीले गरेको बाख्रा र मौरी पालन सवैका लागि प्रेरणाको स्रोत बन्न थालेको छ । ६ बर्ष अगाडी हेफर नामक संस्थाले महिलाको आर्थिक स्तर उकास्न व्यवसायिक बाख्रा पालनको अवधारणा गाउँमा पु¥याएको उनले जानकारी दिईन् । ‘त्यसपछि नै हो बाख्रा पालन गर्नुपर्छ कि भन्ने लागेको’ उनले भनिन् ‘अहिले घाँसहरु प्रशस्त हुन थाल्यो बल्ल व्यवसायले…
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा

काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसले देशभर बदली रहनुका साथै अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूणर्तया बदली रहेको छ । सुदूरपश्चिम, कणर्ाली, लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा भइरहेको प्रभावले बदली र वर्षा गराएको अहिले कणर्ाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै केही स्थानमा छिटपुट वर्षा भइरहेको छ । दिउँसो देशभर पूणर्तया…
भरतपुर अस्पतालतमा प्रसुति सेवा लिने महिलालाई दुईहजार यातायात खर्च

भरतपुर अस्पतालतमा प्रसुति सेवा लिने महिलालाई दुईहजार यातायात खर्च

चितवन । भरतपुर अस्पतालमा प्रसूति सेवा लिने महिलालाई यातायात खर्च बापत दुई हजार रुपैयाँ दिन शुरु गरिएको छ । सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका अनुसार उक्त रकम दिन शुरु गरिएको हो । अस्पतालले जेठ १ गतेदेखि प्रसूति लिएका महिलालाई जनही दुई हजार रुपैयाँ नगद दिन थालेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । त्यस्तै, चार पटक पूर्व प्रसूति जाँच कुनै पनि सरकारी स्वास्थ्य संस्थामा गराएको रेकर्ड भएमा थप ८०० रुपैयाँ पनि दिइने उनले बताए । अस्पतालले यसअघि प्रसूति सेवा लिने महिलालाई एक हजार रुपैयाँ यातायात खर्च दिने गरेको थियो । सरकारले हिमाली जिल्लामा प्रसूति सेवा लिनेलाई…
हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते

हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते

महेन्द्रनगर। कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका-१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी घाइते भएका छन् । “बजार क्षेत्रमा काम गरिरहेको लामा निर्माण सेवाका मजदुर घाइते भएका हुन्”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले भने, “गम्भीर घाइते गणेशलाई उपचारका लागि कैलालीको धनगढी लगिएको छ ।” गए रातिको हावाहुरीबाट कञ्चनपुरका अधिकांश ठाउँमा कच्ची टहरा र स्कुलका छाना भत्काएको छ । “मानवीय क्षति भएको छैन, संरचना भत्काएको विवरण सङ्कलन भइरहेको छ”, प्रवक्ता डाँगीले…
ढोरपाटनका मेयर २ वटा सहकारीका अध्यक्ष, २ अर्ब अपचलन

ढोरपाटनका मेयर २ वटा सहकारीका अध्यक्ष, २ अर्ब अपचलन

सहकारी संचालन गरेको पाइएको छ। पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा २ वटा छुट्टाछुट्टै सहकारी खोलेर उनले सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ। सहकारीका अध्यक्ष एवं ढोरपाटनका मेयर नेपाली सम्पर्कविहिन भएपछि पीडित बचतकर्ताले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। सोही निवेदनका आधारमा नेपालीलाई विदेश जान नदिन गृह मन्त्रालय र आवश्यक छानविन गरी कारबाही गर्न सहकारी रजिष्ट्रारको कार्यालयमा पत्राचार गरेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन्। सोही पत्राचारका आधारमा गृह मन्त्रालयले मेयर नेपालीलाई विदेश जान रोक लगाउँदै सबै नाका र अध्यागमन विभागमा पत्राचार गरिसकेको छ । उनले सहकारीबाट बागलुङमा मात्र डेढ अर्ब बचत…
गण्डकीका सांसदको खर्च:५ महिनामा २१ बैठक बसे, ३ करोड सके, कसले कति लिए ?

गण्डकीका सांसदको खर्च:५ महिनामा २१ बैठक बसे, ३ करोड सके, कसले कति लिए ?

पोखरा । गण्डकी प्रदेश सभामा गत मंसिरमा निर्वाचित भएका ६० जना सांसदको कार्यकाल पुस १४ गतेबाट सुरु भयो । मंसिर पहिलो साता निर्वाचित भए पनि सपथ भएपछि मात्रै उनीहरुको कार्यकाल सुरु भएको हो । सपथ हुनु कार्यकाल सुरु हुनु र पारिश्रमिकको गणना थालनी हुनु पनि हो ।कार्यकाल सुरु भएको ५ महिनामा अर्थात १५० दिनमा उनीहरुले प्रदेश सभामा भने केवल १६ दिनमात्रै बिताएका छन् । प्रदेश सभामा १६ दिन उपस्थित भई बैठक बसे पनि उनीहरुले तलब भने सबै ५ महिनाकै पाए । महिना मरेपछि स्वतः तलब आउँछ । बैठकको छुट्टै भत्ता हुन्छ । १६ दिनमा २१ बैठक बसेको भत्ता प्रदेश सभा…
देउवासँग मञ्जु खाणको आक्रोश- बालकृष्णलाई फसाईँदा पार्टी के हेरेर बसेको छ ?

देउवासँग मञ्जु खाणको आक्रोश- बालकृष्णलाई फसाईँदा पार्टी के हेरेर बसेको छ ?

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणकी श्रीमती तथा प्रतिनिधिसभा सदस्य मञ्जु खाणले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई उनको निवासमै पुगेर भेटेकी छन् । उनले देउवासँग शरणार्थी प्रकरणमा आफ्नो श्रीमानलाई पार्टीले बचाउ नगरेको भन्दै आक्रोश पोखिन् । बालकृष्ण पक्राउ परेपछि सम्पर्कविहीन बनेकी मञ्जु गत शुक्रबार मात्रै सार्वजनिक भएकी हुन् । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन तयार गरेपछि मात्रै उनी श्रीमान भेट्न हिरासत पुगेकी थिइन् । आज भने पार्टी सभापतिलाई भेटेर उनले आफ्नो कुरा राखेकी हुन् । मंगलबारको भेटमा मञ्जु सभापति तथा अन्य नेतृत्वसँग आक्रोशित रुपमा प्रस्तुत भएको स्रोतले बताएको छ । उनले धुम्बाराहीमा पुगेर नेता खाणलाई मात्रै…
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ । सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेकन जिज्ञासाको जवाफ दिएका थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३ः१ बजे बस्नेछ ।
विश्वकप छ्नोटको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेलमा जिम्बावेसँग खेल्ने

विश्वकप छ्नोटको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेलमा जिम्बावेसँग खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अर्को महिनादेखि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार समूह (ए) मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, जुन २० मा नेपालले अमेरिकासंग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ । नेपालले छ्नोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्ने भएको छ । नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरन इमिरेट्स (यूएई)सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्नेछ । प्रतियोगिताम कुल १० टिमले भारतमा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.