बराह सेराेफेराे

बराह सेराेफेराे

374 Posts
भुँडी  घटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

भुँडी घटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

भुँडी लाग्नु वा धेरै मोटाउनु अस्वस्थ शरीरको सूचक हो । मोटोपन आफैंमा कुनै रोग होइन तर मोटाउन थालेपछि शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन् । अस्वाभाविक रुपमा भुँडी लाग्नु वा शरीरमा अत्याधिक बोसो जम्नुलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेटका समस्या, हर्मोनहरुको समस्या जस्ता रोगको प्रमुख कारकको रुपमा मानेको छ । हाम्रो शरीरमा सबैभन्दा पहिले र सबैभन्दा धेरै बोसो लाग्ने ठाउँ पनि भुँडी क्षेत्र नै हो । भुँडीमा बोसो लागिसकेपछि त्यसलाई घटाउन धेरै गार्‍हो पर्छ । बढेको भुँडीबाट अनेकौं हानिकारक तत्वहरु निस्किन्छन् । यस्ता हानिकारक तत्वहरु टाइप–२ मधुमेह, कोरोनरी मुटुरोग र अन्य धेरै रोगको कारक हुन् । एक…
प्युठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट

प्युठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट

प्युठान । बनमा लागेको डढेलको बस्तीमा पस्दा ११ घर जलेर नष्ट भएका छन् । प्यूठानको स्वर्गद्वारी नगरपालिका-२ धनवाङस्थित जंंगलमा लागेको डढेलो बस्तीमा पसे पछि सो आगलागीमा परेर ११ घर जलेर नष्ट भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानवीय बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेको हो । सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त भइसकेको छैन । यद्दपि, स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । सो आगलागीबाट कति क्षति भयो रु…
बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी

बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी

म्याग्दी । ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली ९कौसी० । फराकिला आङ्गन र कठवार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आखैँमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला । चारैतिर हरियाली । अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटरगाडी । यो शब्दचित्र म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजा गाउँको हो । आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको मगरजातीको बाहुल्यता रहेको यो गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेको छ । गुजुम्म परेको बस्तीमा रहेका एकसय बढी घरमध्ये दर्जन बढी घरका ढोकामा ताल्चा मारिएको छ । घरको धुरी भत्किएका छन्…
कसरी भाइरल भइरहेछ अन्धविश्वास ?

कसरी भाइरल भइरहेछ अन्धविश्वास ?

देश जहाँ उपचारका लागि सरकारी अस्पतालको पर्याप्त पूर्वाधार छैन । भएका सरकारी अस्पतालमा पनि डाक्टर, नर्स र औषधि छैन । बाध्य भएर निजी अस्पताल जाँदा जायजेथा गुमाउनुपर्छ तर गुणस्तरीय उपचारको प्रत्याभूति हुँदैन । एकातिर शिक्षा र सामाजिक चेतनाको अभाव, अर्कोतिर निजी अस्पतालका आँगनमा पाइला राख्दै लुगलुग काम्नुपर्ने अवस्था । त्यस्तो देशमा धामीझाँक्री, झारफुक र कथित अलौकिक शक्ति’ को भ्रमको व्यापार हुनु धेरै अनौठो होइन । तर, डरलाग्दो के भने यस्तो भ्रममा परेर नागरिकले ज्यान गुमाइरहेका छन्, कति थप स्वास्थ्य जटिलताले पीडित छन् । कारण शिक्षा र चेतना हो, कारण कमजोर आर्थिक अवस्था र महँगो स्वास्थ्य सेवा पनि हो । अन्धविश्वास कतिसम्म गहिरो छ भने अस्पतालको आकस्मिक कक्षबाट…
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै

राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै

काठमाडौं । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ ।  जेष्ठ ९ र १० गते काठमाडौंमा बस्ने केन्द्रीय समितिको बैठकको तयारी सन्दर्भमा आज बैठक बस्न लागेको हो । केन्द्रीय समितिमा पार्टी अध्यक्ष कमल थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्र , महामन्त्रीहरू भास्कर भद्रा,सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशवराज श्रेष्ठबाट प्रस्तुत हुने सचिवालय ,प्रशिक्षण ,संगठन र स्मार्ट पार्टी निर्माण सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीबाट प्रस्तुत हुने आर्थिक प्रतिवेदनमाथि आजको कार्य सम्पादन समितिमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । कार्यसम्पादन समितिको बैठक पुतलीसडक स्थित बज्र कम्प्लेक्समा आज दिउँसो १:३० बजे बस्नेछ ।
विश्वकर्मा समाज शुक्लागण्डकी गठन हुने

विश्वकर्मा समाज शुक्लागण्डकी गठन हुने

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा रहेका विश्वकर्मा समुदाय संगठित हुने भएका छन् । नगर क्षेत्र भित्र रहेका यो समुदाय आफुहरुको आर्थिक, सामाजिक, राजनितीक लगायतका क्षेत्रमा पहुँच स्थापना गर्न संगठित हुन लागेका हुन् । नगर क्षेत्र भित्र रहेको विश्वकर्माहरुको प्रारम्भिक भेलाले भरत लामगातेको नेतृत्वमा १३ सदस्यीय तदर्थ समिती गठन गरेको छ भने निवर्तमान उपमेयर सविता सराईलीको नेतृत्वमा पाँच सदस्य विधान तथा मस्यौदा लेखन समित गठन गरिएको छ । समितीको सदस्यहरुमा दुर्गा बराईली, पोषबहादुर विश्वकर्मा, मिनबहादुर सुनार, ज्योति वि .क, मिनबहादुर सुर्वाणकार, खिम बहादुर बि.क, गणेश लामगादे, डिलबहादुर रामदाम, नरबहादुर बि.क, रविलाल विश्वकर्मा, मनोज सुनार र पुर्णबहादुर सुनार रहेका छन् । यस्तै विधान…
प्रचण्डको भारत भ्रमण जेठ १७ मा

प्रचण्डको भारत भ्रमण जेठ १७ मा

काठमाडौं । लामो प्रतीक्षापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तय भएको छ । उनी आउँदो १५ गते हुने बजेट भाषण लगत्तै आफ्नो पहिलो विदेश यात्राका रूपमा भारत जाने भएका छन् । स्रोतका अनुसार जेठ १७ गते प्रचण्डलाई नयाँ दिल्लीमा स्वागत गर्ने विषयमा दुवै पक्षबीच लगभग सहमति भइसकेको छ । भ्रमणका क्रममा हुने वार्ता र सम्झौताका मस्यौदाहरू आदानप्रदान भइरहेको स्रोतले बतायो । ‘दुवै पक्षबाट भ्रमणको तयारी तीव्र रूपमा भइरहेको छ,’ स्रोतले भन्यो । प्रचण्डले हिजो एक कार्यक्रममा बोल्दै आफू चाँडै भारत जाने बताएका थिए । यो भ्रमणमा केही रेकर्ड राख्ने तयारी भएको पनि उनले दाबी गरेका छन् । कस्तो रेकर्ड…
पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको निधन

पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको निधन

बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रवार सुतेकै अवस्थामा निधन भएको हो ।साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए। बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रवार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए ।साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए । विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल आएका थिए । उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ । परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए ।उनले शव पठाउनका लागि आर्थिक सङ्कलन सुरु गरिएको बताउँदै…
सगरमाथाको चुचुरोमा पुगे दुवै खुट्टा नभएको हरि

सगरमाथाको चुचुरोमा पुगे दुवै खुट्टा नभएको हरि

काठमाडौँ । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै पूर्वगोर्खा सैनिक बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् । कृत्रिम खुट्टा(प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए । बुढामगरले…
भिमाद एफएमको अध्यक्ष बने मिलन

भिमाद एफएमको अध्यक्ष बने मिलन

भिमाद । भिमाद र आसपासको क्षेत्रमा सञ्चारको पहुँच पु¥याउन स्थापना गरिएको भिमाद एफएमको नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार सम्पन्न भएको भिमाद एफएम प्रा.लिको दोस्रो अधिवेशन मार्फत युवा नेता तथा अधिवक्ता मिलन आलेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा ध्रुवराज सुवेदी, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा शालिकराम सुनार, कोषाध्यक्षमा सुजन राना सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा गोपाल पराजुली, राजेश खनाल, अरविन श्रेष्ठ, गणेशप्रसाद गैरे , सरोज गौतम, बेलमाया आले , शारदा गैरे, शुकुमाया राना चयन भएका छन् । उक्त अधिवेशनलाई सम्वोधन गर्दै एफएमका संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.