बराह सेराेफेराे

बराह सेराेफेराे

374 Posts
सर्वत्र आलोचना पश्चात नगरले सच्यायो गल्ती

सर्वत्र आलोचना पश्चात नगरले सच्यायो गल्ती

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले ईन्धनमा गरेको खर्चको चर्चा यति बेला सर्वत्र छ । सामाजिक सञ्जालमा नगरपालिकाले १० महिनामा मै झण्डै ७० लाखको डिजेल र पट्रोल खपत गरेको प्रमाण भेटिन्छ । नगरपालिकाले भने सामाजिक सञ्जालमा जस्तो खर्च वास्तविकतामा नभएको जनाएको छ । तनहुँ खबरसँग कुरा गर्दै नगरपालिकाका सुचना अधिकारी लक्ष्मण लम्सालले ‘सुशासन र समृद्ध शुक्लागण्डकीकाका लागि युवा अभियान’लाई प्रदान गरिएको सुचना गलत भएको दावि गरे । उनले कार्यालयको प्राविधिक गल्तिका कारण गलत जानकारी गएको र सोही विषय भाईरल भएको जानकारी दिए । लम्सालका अनुसार नगरपालिकामा बैशाख मसान्तसम्म १२ हजार नौ सय पचपन्न लिटर पेट्रोल र २६ हजार आठ सय सन्ताउन्न लिटर…
शुक्लागण्डकीमा गुरुङ्ग र मगर समुदायको एकता

शुक्लागण्डकीमा गुरुङ्ग र मगर समुदायको एकता

दुलेगौडा । शुक्लागण्डकी नगरपालिका गुरुङ र मगर समुदाय एक भएका छन् । बुधबार युवा नेता समेत रहेको मनराज गुरुङ्गको अध्यक्षतामा गुरुङ्ग मगर सांस्कृतिक एकता समाजको पुनर्गठन गरिएको हो । तीन दशक अघि स्थापना गरिएको यो सस्था केही समय निस्क्रिय रहेको थियो । दुलेगौडामा सम्पन्न एकता समाजको छैठौ अधिवेशनबाट गुरुङको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो । उपाध्यक्षमा चन्द्र थापा मगर, सचिवमा अमर राज थापा, सहसचिवमा डिल बहादुर गुरुङ, कोषाध्यक्षमा रुपा गुरुङ र सदस्यहरुमा यामबहादुर आले, पदमबहादुर आले, भेषबहादुर गुरुङ, नारायण गुरुङ, यामबहादुर आले, कृष्णकुमारी थापा, गोमाया थापा, मेखबहादुर गुरुङ, टुकबहादुर गुरुङ र पूर्णबहादुर आले चयन भएका छन् । समाजले दुबै समुदायलाई…
भालुको आक्रमणबाट तनहुँमा एक जना घाइते

भालुको आक्रमणबाट तनहुँमा एक जना घाइते

तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन्। आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको हो। आक्रमण लगत्तै भालु भागेको थियो । घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो। विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ।
आज मदन आश्रित स्मृति दिवस मनाइँदै

आज मदन आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बुधबार ३० औँ मदनआश्रित स्मृति दिवस मनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा दिवसका सन्दर्भमा आज जेठ ३ गते पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभालगायत कार्यक्रम गर्न लागेको हो । मदनआश्रितको योगदानबारे पार्टी निकट सङ्गठनले सबै जिल्लामा श्रद्धाञ्जलीसभा, खेलकुद प्रतियोगिता गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । तत्कालीन नेकपा ९एमाले०का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो । यसैबीच पार्टीले नक्कली शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्न माग गर्दै पार्टीले देशभर जिल्ला प्रशासन…
एस निकट पेन्सरहरुको माग : भ्रष्टचारीलाई कारवाही गर

एस निकट पेन्सरहरुको माग : भ्रष्टचारीलाई कारवाही गर

दमौली । नेकपा एकिकृत समाजवादी निकट भूतपूर्व सैनिक तथा पुलिस संगठनले दमौलीमा सोमबार भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । संघठनले अनसन चोकमा आयोजना गरेको विरोध कार्यक्रममा नेपाली जनतालाई शरणार्थी बनाई तस्करी गर्नु निन्दनीय कार्य भएको भन्दै चर्काे विरोध गरेको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला अध्यक्ष श्रीराम कार्की लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो । उनीहरुले नेपालमा आर्थिक मन्दी सिर्जना हुनुमा अनावश्यक मन्त्रालय र संरचना भएको भन्दै खारेजीको समेत माग राखेका छन् । संगठनले केन्द्रमा बढि १५ वटा र प्रदेशमा बढीमा पाँच मन्त्रालय कायम गर्नुका साथै जिल्ला समन्वय समितिलाई…
खुशी साट्न युवा संघ वृद्धाश्रममा

खुशी साट्न युवा संघ वृद्धाश्रममा

दुलेगौंडा । नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालले सोमबार विभिन्न कार्यक्रम सहित ३४ औँ स्थापना दिवस मनाएको छ । युवा संघ भिमाद नगर कमिटीले पोखरा महानगरपालिका ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रममा पुगेर खाद्यान्न सहयोग गरि स्थापना दिवस मनाएको थियो । भिमाद नगर कमिटीमा आवद्ध सदस्य तथा केन्द्रिय सदस्यहरु उज्वल खनाल, ईश्वर श्रेष्ठ लगायतको उपस्थितीमा बृद्धाश्रममा सहयोग गरिएको युवा नेता शिव आले मगरले जानकारी दिए । झण्डै ३० हजार बराबरको खाद्यान्न ग्रहण गर्दै आश्रमको अध्यक्ष प्रेम लिगलले युवा संघको सकरात्मक कार्यको खुलेर प्रशंसा गरे ।
पोखरा आउदै गरेको बस दुर्घटना : २७ जना घाईते

पोखरा आउदै गरेको बस दुर्घटना : २७ जना घाईते

दुलेगौडा । काठमाण्डौबाट पोखरा आउदै गरेको यात्रुबहाक बस तनहुँको सिर्दीमा दुर्घटना हुदाँ २७ जना घाईते भएको छन् । पृथ्वीराज मार्ग अन्तर्गत व्यास ५ सिर्दीमा ग१ख ९६३५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा बसमा सवारी २७ यात्रु घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टको नेतृत्वमा २५ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरेको छ । घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि पोखरा ‘रिफर’ गरिएको छ भने अन्य घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घाइते हुनेमा बस चालक पोखरा महानगरपालिका–३१ बस्ने २७ वर्षीय सुनिल विक, सहचालक पोखरा महानगरपालिका १५…
लागुपदार्थ कारोबार गर्ने तीन जना पक्राउ

लागुपदार्थ कारोबार गर्ने तीन जना पक्राउ

दुलेगौंडा । पृथ्वीराज मार्ग हुदै लागुपदार्थ ओसार पसार गर्ने कारोबारीहरु तनहुँ प्रहरीको निशानामा पर्ने गरेका छन् । देशका विभिन्न स्थानबाट यो मार्ग हुदै लागुपदार्थ भित्र्याउने गिरोहलाई जिल्ला प्रवेशद्दार आँबुखैरेनीमा धमाधम पक्राउ गर्ने गरिएको छ । सोमबार विहान अस्थायी प्रहरी पोष्टमा खएिका प्रहरीले २४ किलो अवैध गाँजा सहित दुई महिला र ५९८ एम्पुल लागुपदार्थ सहित एक पुरुषलाई पक्राउ गरेको छ । रौतहटका २० बर्षीय अरुण पटेलले लुकाई छिपाई ल्याउदै गरेको १९८ एम्पुल डाईजेपाम, १९८ एम्पुल फेनारागम र १९८ एम्पुल नोरफिन तथा चितवन ईच्छामनकामना ५ की ५० बर्षीय पुनम गुरुङ र आँबुखैरेनी ४ आमबेसी डाडाँकी ४२ बर्षीय माया गुरुङको लगेज ब्याग र…
वृद्धको सम्पती लुट्ने दुई युवा पक्राउ

वृद्धको सम्पती लुट्ने दुई युवा पक्राउ

दुलेगौँडा । बसोबास नभएको बन्द घरको ताला फोडेर तामा र चरेसका भाडा वर्तन चोर्ने तथा बृद्धलाई धम्काएर नगद लुटपाट गर्ने दुई युवालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । तनहुँको म्याग्दे गाउँपालिका २ रुमादीका ७५ बर्षीय शिवकुमार श्रेष्ठको घरको ताला फोडेर भाँडा चार्ने ब्यास ५ का समिर थापा र म्याग्दे १ का दुर्गाबहादुर विकले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरुले म्याग्दे १ का ६९ बर्षीय बृद्धलाई समेत कुटपिट गरेर नगद ४६ हजार ६० रुपैया लुटेका थिए । चोर युवाहरुको कुटपिटमा समेत परेका वृद्ध लक्ष्मण तामाङलाई उनीहले धारिलो हतियार देखाएर मार्ने धम्की दिएका थिए । प्रहरी निरिक्षक राजकुमार…
यात्रु लक्षित ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु  रेष्टुरेण्ट’ सञ्चालनमा

यात्रु लक्षित ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेण्ट’ सञ्चालनमा

मुग्लिन । तनहुँका पत्रकार चित्र सोल्टी गुरुङले यात्रुहरुलाई लक्षित गरेर ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेष्ट’ सञ्चालनमा ल्याएका छन् । मुग्लिन– नारायणगढ सडक खण्ड हुदै यात्रा गर्नुहरुलाई लक्षित गरेर सञ्चालन मा आएको यो रेष्टुरेण्टले टिपीकल खानाका प्रकारहरुलाई प्राथमिकता दिनेछ ।  गत बिहिबारदेखि उक्त सडकको खण्डको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने पाँचकिलो भन्ने स्थानमा  सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेष्ट संचालनमा आएको छ । भर्खरै संचालनमा आएको होटल सोल्टी भिलेजमा विशेष गरेर नेपाली टिपिकल खाना पाईने संचालक गुरुङले बताए । होटल संचालक गुरुङका अनुसार होटलमा नेपाली खाना सेट दालभात तरकारी अचारका साथै कोदो र मकैको ढिंडो खान पाईन्छ । साथमा गाउँघरको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.