बराह सेराेफेराे

बराह सेराेफेराे

374 Posts
“आदिवासी भोक” लोकार्पण

“आदिवासी भोक” लोकार्पण

काठमाडौँ । कवि देवकी अभिलाषीको कविता सङ्ग्रह “आदिवासी भोक” लोकार्पण भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसहित कवि उषा शेरचन, समालोचक कुमारी लामा, पत्रकार राजकुमार बानियाँले लोकार्पण गरेका हुन् । लोकार्पण गर्दै कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता शास्त्र र दर्शन नभएको तर विचार भएको विधा बताएका थिए । त्यही विचारको प्रतिनिधित्व गर्दै आदिवासी भोकको सिर्जना भएको बताउँदै कुलपति राईले भने “त्यसो त आदिवासी आमाको कोखबाट जन्मिएकीले पनि त्यो भोकलाई नजिकबाट बुझेकी हुनुपर्छ ।” प्रमुख अतिथिलाई राई जातिको फेटासमेत गुथाईदिएपछि भावकु हुँदै कुलपति भूपाल राईले भने “अन्य समयमा आफ्नो संस्कारबमोजिम आफ्नो…
शोकमा सारथी बन्न भुजेल निवास पुगे भण्डारी

शोकमा सारथी बन्न भुजेल निवास पुगे भण्डारी

डुम्रे । दुर्घटना परी शोकमा डुबेका भुजेल समुदायको पीडामा सांसद भण्डारीले मलम लगाएका छन् । तनहुँ–२ बाट निर्वाचित भएको भएपनि सांसद भण्डारीले तनहुँ–१ मा पुगेर मलम लगाएपछि सबैले प्रशंसा गरेका छन् । सांसद भण्डारी उनिहरुको पिडमा मलम लगाउन उनी बिहीबार भुजेल गाउँमा पुगेका थिए । गत वैशाख २० गते बिहान ९।३० बजेको समयमा बन्दिपुर ५ को याम्पा आँधिखोलामा विद्यालय जानका लागि स्कूल बसको प्रतिक्षामा रहेका बालबालिका र आफ्नै घर छेउमा बसी रहेका ८ जनालाई ट्रकले ठक्कर दिँदा वर्ष ६९ का सनबहादुर भुजेल, सुनमायाँ भभुजेलका श्रीमान् ४७ वर्षिय चेतबहादुर घर्ती र झलक भुजेलका छोरा वर्ष १२ का आयुष भुजेलको अस्पताल लैजाँदै…
गण्डकीकाे अर्थमन्त्रीमा यसरी मारे जीतप्रकाशले बाजी

गण्डकीकाे अर्थमन्त्रीमा यसरी मारे जीतप्रकाशले बाजी

पोखरा । गण्डकी प्रदेशमा कांग्रेसबाट मन्त्री बन्न धेरै आकांक्षी थिए । सत्ता साझेदार माओवादीसँग भागबण्डा टुंगिदा पनि मन्त्रिपरिषद् ढिला हुनुको कारणै कांग्रेसभित्रका आकांक्षीको लर्को थियो । कास्कीका बिन्दुकुमार थापादेखि लमजुङका डा। टकराज गुरुङसम्म मन्त्री बन्ने दौडमा अन्तिमसम्म थिए । ७ सदस्यीय मन्त्रिपरिषद्‌‌मा मुख्यमन्त्री र एकजना मन्त्री कांग्रेसबाट सुरुमै भए । थप दुई मन्त्रालय पाउँदा धेरैले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दीपेन्द्रबहादुर थापा मन्त्री बन्ने निक्र्योल निकालेका थिए । मन्त्री बन्ने चर्चामा कतै सुनिएको नाम थिएन सांसद जितप्रकाश आलेमगर । जितप्रकाशको नाम न, सञ्चार माध्यमले नै उल्लेख गरे न कांग्रेस सांसदले नै । जसै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार ४ मन्त्री…
नवनियुक्त अर्थमन्त्रीलाई सम्मानै सम्मान

नवनियुक्त अर्थमन्त्रीलाई सम्मानै सम्मान

दुलेगौँडा । गत शुक्रबार गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालय सम्हाल्ने गरि सपथ खाए लगत्तै गृह जिल्ला आएको मन्त्री जितप्रकाश आले अहिले सम्मान थाप्नमै व्यस्त छन् । मन्त्री बनेर अधिकाँशलाई सरप्राईज दिएका काँग्रेस सभापति आलेलाई जिल्लाका विभिन्न संस्था र ब्यक्तिले सम्मान गरेका छन् । शुक्रबार सपथ खाएर कार्यभार सम्हालेसँगै दमौली पुगेका मन्त्री आलेलाई प्रेस यूनियन तनहुँ र अन्य सस्थाहरुले सम्मान गरेको थियो । शनिबार आफ्नै निवास भिमादमा उनका शुभेच्छुकहरुले भेटर सम्मान गरेका थिए भने आइतबार काँग्रेस ढोरफिर्दी र जनज्योति क्याप्पस भिमादको सम्मान लिएर उनी पोखरा पुगेका छन् । उनी निकट स्रोतका अनुसार आलेले बजेटको तयारी गर्नुपर्ने भएकाले सम्मानका कार्यक्रम पछि सार्न…
घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्बित

घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्बित

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका स्थित बेलचौताराको जनकल्याण माध्यामिक विद्यालयमा घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्वनमा परेका छन् । टिच फर नेपाल संस्था मार्फत स्वयंसेवक शिक्षकको रुपमा कार्यरत भेषबहादुर ठाडा मगरले कक्षा ९ का चार जना विद्यार्थीलाई घाईते हुने पिटेका थिए । होमवर्क नगरेको बहानामा १४ देखि ३८ पटकसम्म विद्यार्थीलाई पाईपले हिर्काएको खुल्न आएको छ । शिक्षकको पिटाईबाट दुई छात्राहरु अञ्जली थापा र ललिता आले बढि प्रभावित छन् । ललिताको दुवै हातमा चोट देखिएकाले प्लास्टर र ब्याडल गरिएको छ भने अञ्जलीको एक हात पलास्टर गरिएको छ । नगरपालिकामा नमुना विद्यालयको परिचय बनाएको जनकल्याण माविले पिडक शिक्षकलाई निलम्वन गर्नुका साथै प्रहरी…
अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्यस्थल बन्दै नेपाल

अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्यस्थल बन्दै नेपाल

काठमाडौं । चलचित्र विकास बोर्डको एक तथ्यांकअनुसार पछिल्लो ६ वर्षभित्र मुलुकमा २४३ विदेशी फिल्मको छायांकन भएको छ । डकुमेन्ट्री, वेब सिरिज र कथानकसहित फिल्म नेपालमा छायांकन गरिएको हो । चालु आर्थिक वर्षको चैतसम्म ४५ विदेशी फिल्म नेपालमा खिचिएका छन् । सरकारले पटक–पटकको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । सरकारले सुटिङ हबको रुपमा विकास गर्ने बताएपनि सोहीअनुसार विदेशी फिल्मलाई आकर्षित गर्न प्रोत्साहन र सुविधाका कार्य हुन सकेका छैनन् । यद्यपि, छायांकन भइसकेका फिल्मको उक्त तथ्यांक आफैंमा खुसीको कुरा हो । नेपालमा छायांकन गर्नेमा भारत, अमेरिका र बेलायतका फिल्म बढी छन् । त्यसबाहेक आइसल्याण्ड, फ्रान्स,…
तनहुँका सांसद गण्डकी सरकारको अर्थमन्त्री

तनहुँका सांसद गण्डकी सरकारको अर्थमन्त्री

दुलेगौँडा । नेपाली काँग्रेस तनहुँका सभापति तथा गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आले मन्त्री नियुक्त भएका छन् । काँग्रेस तनहुँले दिएको जानकारी अनुसार शुक्रबार सांसद आलेले अर्थ मन्त्रालय सम्हाल्ने गरि जिम्मेवारी पाएका छन् । तनहुँ २ (ख)बाट सांसद चयन भएका उनी सादगी नेताको रुपमा जनता माझ परिचित छन् । काँग्रेस नेतृत्वका सरकारमा नेकपा माओवादीको समर्थन रहेको छ । तनहुँ कांगेसका जिल्ला सभापतिसमेत रहेका आले राष्ट्रपति रामचन्द्र पौडेल निकट हुन् । रामचन्द्रकै जोडबलमा आले मन्त्री बन्ने पक्का भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ । मन्त्रिपरिषद बिस्तार गर्ने क्रममा आजै कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्र थापा र माओवादीका रेशम जुग्जाली मन्त्री नियुक्त…
गण्डकी प्रदेशमा मन्त्रि परिषद् विस्तार, मनाङ्गे पनि मन्त्री बन्दै

गण्डकी प्रदेशमा मन्त्रि परिषद् विस्तार, मनाङ्गे पनि मन्त्री बन्दै

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषदको बिस्तार भएको छ । नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीबाट राजीव गुरुङ ९दीपक मनाङे० र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् । मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । ४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ । वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् । १५ गते सपथसँगै कांग्रेसबाट…
भिरबाट खसेर गुरुङको मृत्यु

भिरबाट खसेर गुरुङको मृत्यु

दमौली ।  तनहुँको व्यास नगरपालिका–९, गजौडेका बर्ष ५९ को सुरेश कुमार गुरुङको भिरबाट लडेर ज्यान गएको छ । गत बैशाख १७ गते विहान घाँस काट्न भनी हिडेका गुरुङ घर नफर्किएपछि परिवारले हराएको भनी जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी गराएका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुकुर समेतको प्राबिधिक टोलीले खोजतलास गर्दा समेत गुरुङ फेला परेका थिएनन् । अन्ततः खोज्दै जाँदा गुरुङ गएको विहीबार बिहान ७ः३० बजे गजौडेस्थित सुदेखोला सात बिसे सामुदायिक वनमा १११ फिट तल भिरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक राजकुमार वि.कले जानकारी दिए । उनका अनुसार घट्नाबारे अनुसन्धान भइरहेको छ ।
विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी !

विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी !

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार फुटबर लियोनल मेस्सी विश्वकीर्तिमानी रकममा साउदी अरबको टिममा आवद्ध हुन लागेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदी क्लव ‘अल हिलाल’ सँग उनको मौखिक सहमति भइसकेको छ । हालै आफ्नो देशलाई विश्वविजेता बनाएका ३५ वर्षीय लिजेन्डले फ्रेन्च क्लव पेरिस सेन्ट-जर्मेन (पीएसजी) छोडेर साउदी क्लब रोज्न लागेका हुन् । उनलाई भित्र्याउन अल हिलालले ५२२ मिलियन पाउन्ड (करिब ६५ करोड ८८ लाख डलर) खर्चिन लागेको एएफपीले जनाएको छ । समाचार अनुसार मेस्सीले सम्झौतामा हस्ताक्षर भने गरिसकेका छैनन् । मेस्सीले पाउन लागेको रकम अहिलेसम्म कुनै पनि खेलाडीका लागि सबैभन्दा ठूलो हो । यसअघि पोर्चुगलका सुपरस्टार रोनाल्डोलाई साउदी क्लव अल-नासरले वार्षिक…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.