बराह सेराेफेराे

बराह सेराेफेराे

371 Posts
नवनियुक्त अर्थमन्त्रीलाई सम्मानै सम्मान

नवनियुक्त अर्थमन्त्रीलाई सम्मानै सम्मान

दुलेगौँडा । गत शुक्रबार गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालय सम्हाल्ने गरि सपथ खाए लगत्तै गृह जिल्ला आएको मन्त्री जितप्रकाश आले अहिले सम्मान थाप्नमै व्यस्त छन् । मन्त्री बनेर अधिकाँशलाई सरप्राईज दिएका काँग्रेस सभापति आलेलाई जिल्लाका विभिन्न संस्था र ब्यक्तिले सम्मान गरेका छन् । शुक्रबार सपथ खाएर कार्यभार सम्हालेसँगै दमौली पुगेका मन्त्री आलेलाई प्रेस यूनियन तनहुँ र अन्य सस्थाहरुले सम्मान गरेको थियो । शनिबार आफ्नै निवास भिमादमा उनका शुभेच्छुकहरुले भेटर सम्मान गरेका थिए भने आइतबार काँग्रेस ढोरफिर्दी र जनज्योति क्याप्पस भिमादको सम्मान लिएर उनी पोखरा पुगेका छन् । उनी निकट स्रोतका अनुसार आलेले बजेटको तयारी गर्नुपर्ने भएकाले सम्मानका कार्यक्रम पछि सार्न…
घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्बित

घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्बित

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका स्थित बेलचौताराको जनकल्याण माध्यामिक विद्यालयमा घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्वनमा परेका छन् । टिच फर नेपाल संस्था मार्फत स्वयंसेवक शिक्षकको रुपमा कार्यरत भेषबहादुर ठाडा मगरले कक्षा ९ का चार जना विद्यार्थीलाई घाईते हुने पिटेका थिए । होमवर्क नगरेको बहानामा १४ देखि ३८ पटकसम्म विद्यार्थीलाई पाईपले हिर्काएको खुल्न आएको छ । शिक्षकको पिटाईबाट दुई छात्राहरु अञ्जली थापा र ललिता आले बढि प्रभावित छन् । ललिताको दुवै हातमा चोट देखिएकाले प्लास्टर र ब्याडल गरिएको छ भने अञ्जलीको एक हात पलास्टर गरिएको छ । नगरपालिकामा नमुना विद्यालयको परिचय बनाएको जनकल्याण माविले पिडक शिक्षकलाई निलम्वन गर्नुका साथै प्रहरी…
अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्यस्थल बन्दै नेपाल

अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्यस्थल बन्दै नेपाल

काठमाडौं । चलचित्र विकास बोर्डको एक तथ्यांकअनुसार पछिल्लो ६ वर्षभित्र मुलुकमा २४३ विदेशी फिल्मको छायांकन भएको छ । डकुमेन्ट्री, वेब सिरिज र कथानकसहित फिल्म नेपालमा छायांकन गरिएको हो । चालु आर्थिक वर्षको चैतसम्म ४५ विदेशी फिल्म नेपालमा खिचिएका छन् । सरकारले पटक–पटकको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । सरकारले सुटिङ हबको रुपमा विकास गर्ने बताएपनि सोहीअनुसार विदेशी फिल्मलाई आकर्षित गर्न प्रोत्साहन र सुविधाका कार्य हुन सकेका छैनन् । यद्यपि, छायांकन भइसकेका फिल्मको उक्त तथ्यांक आफैंमा खुसीको कुरा हो । नेपालमा छायांकन गर्नेमा भारत, अमेरिका र बेलायतका फिल्म बढी छन् । त्यसबाहेक आइसल्याण्ड, फ्रान्स,…
तनहुँका सांसद गण्डकी सरकारको अर्थमन्त्री

तनहुँका सांसद गण्डकी सरकारको अर्थमन्त्री

दुलेगौँडा । नेपाली काँग्रेस तनहुँका सभापति तथा गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आले मन्त्री नियुक्त भएका छन् । काँग्रेस तनहुँले दिएको जानकारी अनुसार शुक्रबार सांसद आलेले अर्थ मन्त्रालय सम्हाल्ने गरि जिम्मेवारी पाएका छन् । तनहुँ २ (ख)बाट सांसद चयन भएका उनी सादगी नेताको रुपमा जनता माझ परिचित छन् । काँग्रेस नेतृत्वका सरकारमा नेकपा माओवादीको समर्थन रहेको छ । तनहुँ कांगेसका जिल्ला सभापतिसमेत रहेका आले राष्ट्रपति रामचन्द्र पौडेल निकट हुन् । रामचन्द्रकै जोडबलमा आले मन्त्री बन्ने पक्का भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ । मन्त्रिपरिषद बिस्तार गर्ने क्रममा आजै कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्र थापा र माओवादीका रेशम जुग्जाली मन्त्री नियुक्त…
गण्डकी प्रदेशमा मन्त्रि परिषद् विस्तार, मनाङ्गे पनि मन्त्री बन्दै

गण्डकी प्रदेशमा मन्त्रि परिषद् विस्तार, मनाङ्गे पनि मन्त्री बन्दै

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषदको बिस्तार भएको छ । नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीबाट राजीव गुरुङ ९दीपक मनाङे० र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् । मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । ४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ । वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् । १५ गते सपथसँगै कांग्रेसबाट…
भिरबाट खसेर गुरुङको मृत्यु

भिरबाट खसेर गुरुङको मृत्यु

दमौली ।  तनहुँको व्यास नगरपालिका–९, गजौडेका बर्ष ५९ को सुरेश कुमार गुरुङको भिरबाट लडेर ज्यान गएको छ । गत बैशाख १७ गते विहान घाँस काट्न भनी हिडेका गुरुङ घर नफर्किएपछि परिवारले हराएको भनी जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी गराएका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुकुर समेतको प्राबिधिक टोलीले खोजतलास गर्दा समेत गुरुङ फेला परेका थिएनन् । अन्ततः खोज्दै जाँदा गुरुङ गएको विहीबार बिहान ७ः३० बजे गजौडेस्थित सुदेखोला सात बिसे सामुदायिक वनमा १११ फिट तल भिरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक राजकुमार वि.कले जानकारी दिए । उनका अनुसार घट्नाबारे अनुसन्धान भइरहेको छ ।
विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी !

विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी !

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार फुटबर लियोनल मेस्सी विश्वकीर्तिमानी रकममा साउदी अरबको टिममा आवद्ध हुन लागेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदी क्लव ‘अल हिलाल’ सँग उनको मौखिक सहमति भइसकेको छ । हालै आफ्नो देशलाई विश्वविजेता बनाएका ३५ वर्षीय लिजेन्डले फ्रेन्च क्लव पेरिस सेन्ट-जर्मेन (पीएसजी) छोडेर साउदी क्लब रोज्न लागेका हुन् । उनलाई भित्र्याउन अल हिलालले ५२२ मिलियन पाउन्ड (करिब ६५ करोड ८८ लाख डलर) खर्चिन लागेको एएफपीले जनाएको छ । समाचार अनुसार मेस्सीले सम्झौतामा हस्ताक्षर भने गरिसकेका छैनन् । मेस्सीले पाउन लागेको रकम अहिलेसम्म कुनै पनि खेलाडीका लागि सबैभन्दा ठूलो हो । यसअघि पोर्चुगलका सुपरस्टार रोनाल्डोलाई साउदी क्लव अल-नासरले वार्षिक…
गाउँका नागरिकको स्वास्थ्यप्रति प्रवासीहरुको चासो

गाउँका नागरिकको स्वास्थ्यप्रति प्रवासीहरुको चासो

विन्दु वाग्ले । ग्रामिण बस्तीमा रहेको नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर तनहुँमा प्रवासी नेपालीहरुको एक संस्थाले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अध्ययन तथा रोजगारीको शिलशिलामा जापान पुगेका नेपालीहरुको संस्था फुकुओका नेपाल सोसाइटी (फुनेसो) को आयोजनामा भिमाद नगरपालिकाको किहुँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । गाउँका बहुसंख्यक मानिसहरु स्वास्थ्य समस्या हुदाँ समेत सहजरुपमा अस्पतालको पहुँचमा नपुग्ने, समस्या लुकाएर राख्ने गर्दा ग्रामिण बस्तीका नागरिकको स्वास्थ्य जोखिममा परिरहेकाले गाउँमा शिविर सञ्चालन गर्न लागेको सोसाईटीका पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक पुरुषोत्तम सिग्देलले जानकारी दिनुभयो । ‘नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ’ भन्ने मुल नाराका साथ आगामी जेठ १३ गते भिमाद नगरपालिका–…
‘सिंचाईको अभावमा हजारौँ रोपनी जमिन बाँझियो’

‘सिंचाईको अभावमा हजारौँ रोपनी जमिन बाँझियो’

सावित्रा कोईराला/दमौली । तनहुँवासीले सिंचाइको अभावले खेती योग्य जमिन बाँझै रहने समस्या र नदी तथा खोलाको तटबन्धनमा वर्षेनी हुदै आएको क्षति न्यूनिकरणमा ध्यान दिन सरोकार वाला निकाय समक्ष माग राखेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजना सफलता मिडिया प्रा.लिको सहजिकरणमा जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयको सेवा प्रवाह र सञ्चालित योजनाका सम्बन्धमा भएको सार्वजनिक सुनुवाईमा कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रममा सहभागीले जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयबाट प्राप्त हुने सेवाहरु चुस्तदुरुस्त देखिएता पनि योजना छनौटमा अनुगमन गरेर आवश्यकता अनुसार प्राथमिकताका आधारमा छनौट हुनु पर्ने बताए । तनहुँमा यस्ता सार्वजनिक सुनुवाई कार्यक्रम कमै मात्र हुने गरेको…
क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले एसीसी क्रिकेट विजेता खेलाडीहरूलाई जनही ६ लाख दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो । साथै मन्त्रिपरिषद बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने निर्णय पनि गरेको छ ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.