बराह सेराेफेराे

राजनिति

नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदालत काठमाडौँमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान सुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनका अनुसार उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष शमशेर मियाँको बिहीबार बयान सकिएको छ । आरोपितमध्ये बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेको सूचना अधिकारी दाहालले बताउनुभयो । उनले भने, “सो प्रकरणमा मुछिएकाहरूको बयान यही जेठ १२ गतेदेखि सुरु गरिएकोमा आज तीन जनाको बयान भइरहेको ।” नक्कली…
प्रधानमन्त्री दाहाल इन्दोरमा

प्रधानमन्त्री दाहाल इन्दोरमा

इन्दोर । भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज विशेष विमानमार्फत इन्दोर पुगेका छन् । इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उहाँलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरे । सो अवसरमा विमानस्थल बाहिर प्रधानमन्त्री दाहाललाई स्थानीय सांस्कृति झाँकीले स्वागत गरिएको थियो । सडक उभिएका सयौँ नागरिकले नेपाल र भारतको झण्ड फहराएर सम्मान प्रकट गरेका थिए । विमानस्थल बाहिरका सडकमा ‘तपाईंलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए । विमानस्थलबाट उनी उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नेछन् । मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा रहनेछन् । भ्रमणका क्रममा उनले…
नारायणहिटी दरबार हत्याकाण्ड २२ वर्ष पुरा

नारायणहिटी दरबार हत्याकाण्ड २२ वर्ष पुरा

काठमाडौं- नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ। हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो। राजदरबारको ‘अति सुरक्षित’ स्थलमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको हत्या भएको सो काण्डको चित्तबुझ्दो तथ्य अझै पनि जनतासमक्ष आउन सकेको छैन। यद्यपि, त्यतिबेला नयाँ राजा ज्ञानेन्द्रले जेठ २२ गते बेलुका एक शाही घोषणा गर्दै राजदरबारमा घटेको दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रियास्वरुप तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेका थिए। सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत…
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच आज भेटघाट हुँदैछ । बिहान ११ः०५ बजेदेखि हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता तय भएको छ । त्यसअघि साढे १० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट जाने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता हुनेछ । त्यसक्रममा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजनासमेत गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आजै ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४ः३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्…
प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

१७ जेठ, काठमाडौं। चार दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली पुगेका छन्। उनलाई भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन् । प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न विदेशराज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरु र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका थिए । प्रधानमन्त्री प्रचण्डको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक तथा झाँकी प्रदर्शन गरिएको राजदूत शंकर शर्माले ट्वीटरबाट औपचारिक रुपमा जानकारी दिएका छन् ।
राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

१७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दैः उर्जा र व्यापार विषेश प्राथमिकतामा

प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दैः उर्जा र व्यापार विषेश प्राथमिकतामा

काठमाडौं- चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै छन् । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो । भ्रमणलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल भारत जाने कार्यक्रम तय भएको छ । परराष्ट्रमन्त्री साउदका अनुसार प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ । मन्त्री साउदले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन…
प्रविधिको दुरुपयोग गरी महिला माथि दुर्व्यवहार हुनेक्रम बढ्नु थप चिन्ताजनक ः निर्वतमान राष्ट्रपति भण्डारी

प्रविधिको दुरुपयोग गरी महिला माथि दुर्व्यवहार हुनेक्रम बढ्नु थप चिन्ताजनक ः निर्वतमान राष्ट्रपति भण्डारी

काठमाडौं । निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नेपालीहरुलाई शुभकामना व्यक्त गरेकी छन् । शुभकामना सन्देशमा भण्डारीले २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूणर् ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरी नेपाली महिलाको अधिकारलाई नीतिगत र कानुनी रूपमा सुनिश्चित गर्ने आधार निर्माण गरिकएको दिनको स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिको लागि भएका आन्दोलनमा योगदान गर्ने अग्रजहरूको स्मरण गरेकी छन् । सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले महिला सहभागिताको विषय ‘आरक्षण’ नभएर नेपाली महिला आन्दोलनको प्रकाशबाट स्थापित अधिकारको उपयोग हो भन्ने कुरालाई सबैले आत्मसात गर्न आवश्यक रहेको उल्लेख गरेकी…
सांसद भण्डारीको प्रश्नः  नागरिकको जीवनमा परिवर्तन आयो कि आएन ?

सांसद भण्डारीको प्रश्नः  नागरिकको जीवनमा परिवर्तन आयो कि आएन ?

काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले गणतन्त्र प्राप्ति पछि नागरिकको जीवनमा परिवर्तन आयो कि आएन ? भनेर प्रश्न गरेका छन् । त्यस्तै केन्द्रीय सदस्य भण्डारीले गणतन्त्र प्राप्ति पछि देश समृद्धिको मार्गमा हिडेदै छ कि छैन ? सुशासनको प्रत्याभूतिक भएको कि भएन ? आम नागरिकमा आशा र विश्वास वृद्धि भएको कि भएन ? गणतन्त्र प्राप्ति पछि देशको अन्तराष्ट्रिय हैसियत बढ्यो कि बढेन ? भनेर समेत प्रश्न गरेका छन् । के.स.भण्डारीले जुन संकल्पका साथ गणतन्त्र ल्याईएको थियो त्यो उदेश्य हासिल हुने दिशामा हामी गएका छौं कि छैनौ भनेर अन्तर मनलाई प्रश्न गर्नुपर्ने बेला आएको समेत बताएका छन् ।…
राष्ट्रिय हितलाई केन्द्रमा राखेर भारत भ्रमण गर्न लागेको छु : प्रधानमन्त्री

राष्ट्रिय हितलाई केन्द्रमा राखेर भारत भ्रमण गर्न लागेको छु : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा राखेर आफूले भारत भ्रमण गर्न लागेको बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठकमा यही जेठ १७ गतेदेखि गर्न लागेको भारत भ्रमणका बारेमा जानकारी दिँदै उनले मुलुकको राष्ट्रिय हितलाई केन्द्रमा राखेर द्विपक्षीय भेटवार्ता गर्ने र महत्त्वपूणर् सहमति तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यसूची रहेको जानकारी दिए । उनले आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री, अर्थमन्त्री, ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल सरकारका सचिवहरू, वरिष्ठ सरकारी अधिकारी सम्मिलित हुने बताए । भ्रमणका क्रममा आपसी हितका विविध पक्षमा छलफल तथा सम्झौताका साथै समझदारीपत्रमा हस्ताक्षर हुने भएकाले सोहीअनुसारको प्रतिनिधिमण्डल…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.