बराह सेराेफेराे

राजनिति

संसदीय सुनुवाई बिषेश समितिको बैठक सुरु

संसदीय सुनुवाई बिषेश समितिको बैठक सुरु

काठमाडौँ। संसदीय सुनुवाई बिषेश समितिको पहिलो बैठक सिंहदरबारमा शुरु भएको छ ।समितिका जेष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकलाई सभामुख देबराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गर्नुभएको छ ।सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्यहरु रहेका कारण यसले आफ्नो जिम्बेवारी कुशलतापूर्वक निर्वाह गर्ने बिश्वास ब्यक्त गर्नुभयो । प्रधानन्यायधीश नियुक्ती लगायतका कामहरुको सुनुवाई छिटो गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बैधानिक परिषदबाट आउने कतिपय सिफारिसलाई पनि गहन छलफल गरेर समितिले सच्याउन सक्ने गरि समितिले काम गर्ने बिश्वास ब्यक्त गरे । उनले सिफारिस भएर आएका ब्यक्तिका बारेमा समितिमा नागरिकबाट आएका गुनासोलाई…
टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस

१५ जेठ, काठमाडौं । आज जेठ १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन । सैनिक मञ्च (टुँडिखेल)मा आज बिहानै विशेष समारोहका साथ १६औं गणतन्त्र दिवस मनाइएको छ । पुष्पवृष्टि र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिको प्रतीक परेवा पनि उडाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो । समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्ने बताए । नेपालमा बिक्रम संवत २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै…
आज गणतन्त्र दिवस मनाइँदै

आज गणतन्त्र दिवस मनाइँदै

१५ जेठ, काठमाडौं । गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूणर् लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो । विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा…
आम माफी पाएर कारागार मुक्त भए रेशम चौधरी

आम माफी पाएर कारागार मुक्त भए रेशम चौधरी

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै ७ जना जेष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद सजाय माफी भएको छ । संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा जेष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको हो । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका…
सांसदहरुको नाराबाजीपछि संसद् बैठक स्थगित

सांसदहरुको नाराबाजीपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका हुन् । प्रतिनिधिसभा बैठकमा सत्ता पक्षका सांसदहरूले प्रतिपक्षी दलका नेताले भ्रष्टाचार गरेको भनेर निराधार आरोप लगाएको भन्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना गरेका हुन् । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत बुधबार संसद बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई पशुपतिनाथको गजुरमा सुन भनेर पित्तलको जलप हालेको आरोप लगाएका थिए । एमाले प्रमुख सचेतक पदम गिरीले माओवादीका तर्फबाट माफी नमाग्दासम्म बैठक चल्न नदिने बताए । त्यसपछि एमालेले नाराबाजी शुरू…
गणतन्त्र दिवस भव्यरुपमा मनाउन मुख्यमन्त्री हिक्मत कार्कीको निर्देशन

गणतन्त्र दिवस भव्यरुपमा मनाउन मुख्यमन्त्री हिक्मत कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेश सरकारले १६औँ गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउने निणर्य गरेको छ । मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निणर्य गरेको हो । जेठ १४ गते विराटनगर महानगरपालिको नेतृत्वमा नगर क्षेत्रका ऐतिहासिक तथा धार्मिक सम्पदाको सरसफाइ गर्ने, जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक समारोह गर्ने र लोकतन्त्रको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका पत्रकारलाई सम्मान गर्ने तय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिए। गणतन्त्र दिवसका अवसरमा वन, पर्यटन तथा वातावरण मन्त्रालयले विभिन्न स्थानमा वृक्षरोपण गरिनेछ ।…
देउवासँग मञ्जु खाणको आक्रोश- बालकृष्णलाई फसाईँदा पार्टी के हेरेर बसेको छ ?

देउवासँग मञ्जु खाणको आक्रोश- बालकृष्णलाई फसाईँदा पार्टी के हेरेर बसेको छ ?

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणकी श्रीमती तथा प्रतिनिधिसभा सदस्य मञ्जु खाणले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई उनको निवासमै पुगेर भेटेकी छन् । उनले देउवासँग शरणार्थी प्रकरणमा आफ्नो श्रीमानलाई पार्टीले बचाउ नगरेको भन्दै आक्रोश पोखिन् । बालकृष्ण पक्राउ परेपछि सम्पर्कविहीन बनेकी मञ्जु गत शुक्रबार मात्रै सार्वजनिक भएकी हुन् । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन तयार गरेपछि मात्रै उनी श्रीमान भेट्न हिरासत पुगेकी थिइन् । आज भने पार्टी सभापतिलाई भेटेर उनले आफ्नो कुरा राखेकी हुन् । मंगलबारको भेटमा मञ्जु सभापति तथा अन्य नेतृत्वसँग आक्रोशित रुपमा प्रस्तुत भएको स्रोतले बताएको छ । उनले धुम्बाराहीमा पुगेर नेता खाणलाई मात्रै…
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ । सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेकन जिज्ञासाको जवाफ दिएका थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३ः१ बजे बस्नेछ ।
वन मन्त्रीमा महतो नियुक्त

वन मन्त्रीमा महतो नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोकेका छन् । राष्ट्रपति पौडेलले आज वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरी कार्यभार तोकेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाएका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफल जारी: राष्ट्रियसभामा प्रधानमन्त्रीले आज जवाफ दिदै

नीति तथा कार्यक्रममाथिको छलफल जारी: राष्ट्रियसभामा प्रधानमन्त्रीले आज जवाफ दिदै

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । प्रतिनिधिसभामा आइतबारदेखि सुरु भएको छलफल आज पनि जारी रहने छ । प्रतिनिधिसभामा २० सांसदले नीति तथा कार्यक्रममा संशोधनको प्रस्ताव दर्ता गराएका छन् । साथै राष्ट्रियसभामा पनि नीति तथा कार्यक्रममाथि छलफल जारी नै रहनेछ । आज दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभा सदस्यले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ जवाफ दिने कार्यसूची रहेको छ । राष्ट्रियसभामामा तीन सांसदहरु तुलसा कुमारी दाहाल, विमला घिमिरे र डा विमला राई पौड्यालले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराएका छन् । उनीहरुको प्रस्तावलाई राष्ट्रियसभामाका अध्यक्षले निणर्यार्थका…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.