बराह सेराेफेराे

समाज

हरेक मान्छेभित्र एउटा ‘सुन्दर मान्छे’

हरेक मान्छेभित्र एउटा ‘सुन्दर मान्छे’

एउटा ढुंगालाई हेर्नुहोस् । तपाईंको आँखाले त्यसलाई फगत ढुंगा देख्छ । तर, एक कालिगढले त्यो ढुंगामा सुन्दर आकृति देख्छ । हुनपनि हरेक ढुंगामा सुन्दर आकृति हुन्छ ।  कालिगढले छिनो र हतौडाले जब उक्त ढुंगाको अनावश्यक भागहरु टुक्र्याउँदै हटाउँछन्, तब सुन्दर आकृति बाँकी रहन्छ । ठिक यसैगरी एउटा खुला क्यानभासमा चित्ताकर्षक चित्र हुन्छ । कुनैपनि चित्रकारले नै खुला क्यानभासमा चित्र देख्न सक्छन् । जब उनले कुची र रंगहरुले क्यानभासमा पोत्न थाल्छन्, तब त्यहाँ आकर्षक चित्र तयार हुन्छ । उखेलेर मिल्काइएको रुखको जीर्ण जरामा एउटा शिल्पकारले अद्भूत सौन्दर्य देख्छ । उनले त्यसमा रहेका अनावश्यक गाँठो र भागलाई ताछेर लोभलाग्दो हस्तकला तयार गर्छन्…
बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी

बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी

म्याग्दी । ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली ९कौसी० । फराकिला आङ्गन र कठवार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आखैँमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला । चारैतिर हरियाली । अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटरगाडी । यो शब्दचित्र म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजा गाउँको हो । आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको मगरजातीको बाहुल्यता रहेको यो गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेको छ । गुजुम्म परेको बस्तीमा रहेका एकसय बढी घरमध्ये दर्जन बढी घरका ढोकामा ताल्चा मारिएको छ । घरको धुरी भत्किएका छन्…
विश्वकर्मा समाज शुक्लागण्डकी गठन हुने

विश्वकर्मा समाज शुक्लागण्डकी गठन हुने

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा रहेका विश्वकर्मा समुदाय संगठित हुने भएका छन् । नगर क्षेत्र भित्र रहेका यो समुदाय आफुहरुको आर्थिक, सामाजिक, राजनितीक लगायतका क्षेत्रमा पहुँच स्थापना गर्न संगठित हुन लागेका हुन् । नगर क्षेत्र भित्र रहेको विश्वकर्माहरुको प्रारम्भिक भेलाले भरत लामगातेको नेतृत्वमा १३ सदस्यीय तदर्थ समिती गठन गरेको छ भने निवर्तमान उपमेयर सविता सराईलीको नेतृत्वमा पाँच सदस्य विधान तथा मस्यौदा लेखन समित गठन गरिएको छ । समितीको सदस्यहरुमा दुर्गा बराईली, पोषबहादुर विश्वकर्मा, मिनबहादुर सुनार, ज्योति वि .क, मिनबहादुर सुर्वाणकार, खिम बहादुर बि.क, गणेश लामगादे, डिलबहादुर रामदाम, नरबहादुर बि.क, रविलाल विश्वकर्मा, मनोज सुनार र पुर्णबहादुर सुनार रहेका छन् । यस्तै विधान…
गौ संरक्षणका लागि घाँस रोपिने

गौ संरक्षणका लागि घाँस रोपिने

दुलेगौँडा । राष्ट्रिय जनावर गाईको संरक्षण गर्न ‘सुशासन र समृद्ध शुक्लागण्डकीका लागि युवा अभियान’ समुहले घाँस रोप्ने भएको छ । शुक्लागण्डकी नगरपालिकास्थित घारी मरेतारामा रहेको गौ संरक्षण केन्द्रमा रहेका सयौँ गाईले घाँस खान नपाएको समस्यालाई निराकरण गर्न समुहले घाँस लगाउने भएको हो । शनिबार उक्त बृहत वृक्षरोपण कार्यक्रममा घाँसका विरुवा र आवश्यक औजार सहित उपस्थित हुन आग्रह गरिएको सदस्य विवेक वाग्लेले जानकारी दिए । समुहले राष्ट्रिय जनावर गाईको उचित संरक्षण हुन नसकेको समेत निष्कर्ष निकालेको छ । नगरको सुशासन कायम गर्न यो समुहले सामाजिक सञ्जाल मार्फत नै जनदवाव सिर्जना गराउने कार्यको सुरुवात गर्दै आएको छ । यो समुहले नगरपालिकामा हुने…
अधिकार माग्न गाउँपालिकाको दैलोमा अपाङ्ग व्यक्तिको धर्ना

अधिकार माग्न गाउँपालिकाको दैलोमा अपाङ्ग व्यक्तिको धर्ना

अशोक विश्वकर्मा/म्याग्दे । अपाङ्गता भएकाहरुको पक्षमा कार्यविधी बनाउन गरेको सहमति गाउँपालिकाले तोडेको भन्दै तनहुँको म्याग्दे गाउँपालिकाको दैलोमा स्थानीय दिपक भण्डारीले धर्ना सुरु गरेका छन् । पूर्णरुपमा अपाङ्गता भएका भण्डारीले कार्यविधी बनाउन आनाकानी गरि आफुहरु जस्ता व्यक्तिको अधिकार हनन गरेको भन्दै दोस्रो पटक धर्ना सुरु गरेका हुन् । यस अघिसमेत आफुहरुको माग सम्वोधन नगरेको भन्दै गत भदौ ८ गते उनी गाउँपालिकामा धर्ना बसेका थिए । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले कार्यविधी निर्माण गरि अपाङ्गता भएकाहरुको अधिकार स्थापित गर्ने सहमति गरेका थिए । सवारी दुर्घटनामा परि १३ बर्षअिघि पूर्णरुपमा असक्त रहेका भण्डारीले राज्यले…
शुक्लागण्डकीमा गुरुङ्ग र मगर समुदायको एकता

शुक्लागण्डकीमा गुरुङ्ग र मगर समुदायको एकता

दुलेगौडा । शुक्लागण्डकी नगरपालिका गुरुङ र मगर समुदाय एक भएका छन् । बुधबार युवा नेता समेत रहेको मनराज गुरुङ्गको अध्यक्षतामा गुरुङ्ग मगर सांस्कृतिक एकता समाजको पुनर्गठन गरिएको हो । तीन दशक अघि स्थापना गरिएको यो सस्था केही समय निस्क्रिय रहेको थियो । दुलेगौडामा सम्पन्न एकता समाजको छैठौ अधिवेशनबाट गुरुङको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो । उपाध्यक्षमा चन्द्र थापा मगर, सचिवमा अमर राज थापा, सहसचिवमा डिल बहादुर गुरुङ, कोषाध्यक्षमा रुपा गुरुङ र सदस्यहरुमा यामबहादुर आले, पदमबहादुर आले, भेषबहादुर गुरुङ, नारायण गुरुङ, यामबहादुर आले, कृष्णकुमारी थापा, गोमाया थापा, मेखबहादुर गुरुङ, टुकबहादुर गुरुङ र पूर्णबहादुर आले चयन भएका छन् । समाजले दुबै समुदायलाई…
भालुको आक्रमणबाट तनहुँमा एक जना घाइते

भालुको आक्रमणबाट तनहुँमा एक जना घाइते

तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन्। आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको हो। आक्रमण लगत्तै भालु भागेको थियो । घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो। विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ।
लागुपदार्थ कारोबार गर्ने तीन जना पक्राउ

लागुपदार्थ कारोबार गर्ने तीन जना पक्राउ

दुलेगौंडा । पृथ्वीराज मार्ग हुदै लागुपदार्थ ओसार पसार गर्ने कारोबारीहरु तनहुँ प्रहरीको निशानामा पर्ने गरेका छन् । देशका विभिन्न स्थानबाट यो मार्ग हुदै लागुपदार्थ भित्र्याउने गिरोहलाई जिल्ला प्रवेशद्दार आँबुखैरेनीमा धमाधम पक्राउ गर्ने गरिएको छ । सोमबार विहान अस्थायी प्रहरी पोष्टमा खएिका प्रहरीले २४ किलो अवैध गाँजा सहित दुई महिला र ५९८ एम्पुल लागुपदार्थ सहित एक पुरुषलाई पक्राउ गरेको छ । रौतहटका २० बर्षीय अरुण पटेलले लुकाई छिपाई ल्याउदै गरेको १९८ एम्पुल डाईजेपाम, १९८ एम्पुल फेनारागम र १९८ एम्पुल नोरफिन तथा चितवन ईच्छामनकामना ५ की ५० बर्षीय पुनम गुरुङ र आँबुखैरेनी ४ आमबेसी डाडाँकी ४२ बर्षीय माया गुरुङको लगेज ब्याग र…
वृद्धको सम्पती लुट्ने दुई युवा पक्राउ

वृद्धको सम्पती लुट्ने दुई युवा पक्राउ

दुलेगौँडा । बसोबास नभएको बन्द घरको ताला फोडेर तामा र चरेसका भाडा वर्तन चोर्ने तथा बृद्धलाई धम्काएर नगद लुटपाट गर्ने दुई युवालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । तनहुँको म्याग्दे गाउँपालिका २ रुमादीका ७५ बर्षीय शिवकुमार श्रेष्ठको घरको ताला फोडेर भाँडा चार्ने ब्यास ५ का समिर थापा र म्याग्दे १ का दुर्गाबहादुर विकले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरुले म्याग्दे १ का ६९ बर्षीय बृद्धलाई समेत कुटपिट गरेर नगद ४६ हजार ६० रुपैया लुटेका थिए । चोर युवाहरुको कुटपिटमा समेत परेका वृद्ध लक्ष्मण तामाङलाई उनीहले धारिलो हतियार देखाएर मार्ने धम्की दिएका थिए । प्रहरी निरिक्षक राजकुमार…
शोकमा सारथी बन्न भुजेल निवास पुगे भण्डारी

शोकमा सारथी बन्न भुजेल निवास पुगे भण्डारी

डुम्रे । दुर्घटना परी शोकमा डुबेका भुजेल समुदायको पीडामा सांसद भण्डारीले मलम लगाएका छन् । तनहुँ–२ बाट निर्वाचित भएको भएपनि सांसद भण्डारीले तनहुँ–१ मा पुगेर मलम लगाएपछि सबैले प्रशंसा गरेका छन् । सांसद भण्डारी उनिहरुको पिडमा मलम लगाउन उनी बिहीबार भुजेल गाउँमा पुगेका थिए । गत वैशाख २० गते बिहान ९।३० बजेको समयमा बन्दिपुर ५ को याम्पा आँधिखोलामा विद्यालय जानका लागि स्कूल बसको प्रतिक्षामा रहेका बालबालिका र आफ्नै घर छेउमा बसी रहेका ८ जनालाई ट्रकले ठक्कर दिँदा वर्ष ६९ का सनबहादुर भुजेल, सुनमायाँ भभुजेलका श्रीमान् ४७ वर्षिय चेतबहादुर घर्ती र झलक भुजेलका छोरा वर्ष १२ का आयुष भुजेलको अस्पताल लैजाँदै…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.