क्यान्सर पिडित बालिकालाई बुहारी संघको सहयोग
दुलेगौँडा । सामाजिक कार्यमा अग्रसर हुदै आएको मेचि महाकाली बुहारी संघ तनहुँ र सन नेपाल लाईफ ईन्स्युरेन्सले संयुक्त रुपमा व्लड क्यान्सरबाट पीडित बालिकालाई सहयोग गरेको छ । जिल्लाको भिमाद नगरपालिका ९ भाटडाँडाकी चार बर्षीय विना क्षेत्रीलाई संघले २७ हजार पाँच सय रुपैयाँ उलपब्ध गराएको हो । तीन महिना अघिदेखि ब्लड क्यान्सरको उपचार गराईरहेकी क्षेत्री परिवारलाई आम्दानीको स्रोत नभएकै कारण उपचारमा समस्या भएको जानकारी प्राप्त भएपछि सहयोग गरिएको संघकी सदस्य सिर्जना खनालले जानकारी दिइन् । संघकी जिल्ला अध्यक्ष लक्ष्मी भण्डारीको उपस्थितीमा पीडित बालिकाको बुवा टकबहादुर क्षेत्रीलाई सहयोग रकम उपलब्ध गराइएको थियो । बालिकाको काठमाण्डौँ स्थित कान्ति बाल अस्पतालमा उपचार भईरहेको बुवा…