बराह सेराेफेराे

समाज

गुल्मीका नर्सरीमा उत्पादित बिरुवाहरुलाई बजारीकरणको समस्या

गुल्मीका नर्सरीमा उत्पादित बिरुवाहरुलाई बजारीकरणको समस्या

गुल्मी- गुल्मीका नर्सरीमा उत्पादित बिरुवाहरुलाई बजारीकरणको समस्या देखिएको छ । बाहिरी जिल्लाबाट बिरुवा भित्रिने तर जिल्लाभित्रका बिरुवाहरु बिक्री नहुँदा किसानहरु समस्यामा परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका-९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपी लगायत दर्जनौं बिरुवाहरु बिक्री हुन सकेका छैनन् । कार्कीले विगत १६ वर्षदेखि तम्घासमा रेसुङ्गा मदाने जटिबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर बिरुवा उत्पादनमा लागेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इञ्चार्ज वीर बहादुर कार्की राजनीतिसँगै कृषि पेशामा पनि क्रियाशील छन् । उनले माओवादी जनयुद्धदेखि नै केही गरेर खानुपर्छ भन्ने उद्देश्यले कृषि पेशा…
छुवाछुत अन्त्यका लागि तनहुँमा रक्तदान, १०२ युनिट रगत संकलन

छुवाछुत अन्त्यका लागि तनहुँमा रक्तदान, १०२ युनिट रगत संकलन

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा ‘हाम्रो दलित समाज’ले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् । जातीय रुपमा हुने विभेद तथा छुवाछुतको अन्त्य गर्ने उदेश्य सहित सम्पन्न भएको कार्यक्रममा दलित र गैरदलित समुदायका व्यक्तिहरुले सामुहिक रुपमा जम्मा भएर रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटी कास्की र रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले संविधानमा लेखिएर मात्र समाजमा जातीय विभेद हट्न नसक्ने हुदाँ व्यवहारिक लडाई लड्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका निवर्तमान उपप्रमुख एवं दलित अभियन्ता सविता रसाईलीले अझै पनि दलित समुदायले न्यायपूर्ण जीवन बाँच्न नपाएको गुनासो…
भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने

भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने

२० जेठ, काठमाडौं । भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने भएको छ । नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा भैसी दिएको भारतीय दूतावासले शनिबार विज्ञप्ति मार्फत जनाएको छ । ‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराइँदैछ’ शनिबार भारतीय दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ । दुई देशबीच कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले नानो फर्टिलाइजर्स र प्राकृतिक खेती जस्ता विषयमा पनि छलफल भएको भारतीय दूतावासले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबारदेखि भारत भ्रमणमा छन् । त्यस क्रममा दुई देशका प्रधानमन्त्रीबीच नेपाल…
साथि मरेपछि प्रहरीलाई झुक्याएकाहरु पक्राउ

साथि मरेपछि प्रहरीलाई झुक्याएकाहरु पक्राउ

दुलेगौँडा । तनहुँ प्रहरीले गत आईतबार म्याग्दे गाउँपालिका ६ अकलामा एक युवा घाँस काट्न रुखमा चढेका बेला करेन्ट लागेर मृत्यु भएको सुचना सवै सञ्चारमाध्यम र पत्रकारलाई पठाएको थियो । प्रहरीले पठाएको सुचना अनुसार जिल्लाभरका सञ्चार माध्यमले समाचार प्रकाशन गरेपनि यथार्थ कुरा भने बुधबार मात्र बाहिरीएको छ । उक्त घटनाका विषयमा प्रहरी सहित जिल्लाका पत्रकारहरु समेत झुक्किएको पाइएको छ । प्रहरीले घटना संकास्पद रहेको भन्दै अनुसन्धान गरेपछि मृत्यु भएका युवाको घाँस काट्ने क्रममा नभई अवैध रुपमा खोलामा माछा मार्ने क्रममा ज्यान गएको खुलेको हो । स्थानीयको गलत जानकारी दिएकै कारण प्रहरी झुक्किएको र सोही अनुसारको विवरण बनाई सुचना प्रशारण भएको जिल्ला…
‘हाम्रो दलित समाज’ शुक्लागण्डकी गठन हुने

‘हाम्रो दलित समाज’ शुक्लागण्डकी गठन हुने

दुलेगौंडा । शुक्लागण्डकी नगपालिका अन्तर्गत रहेका दलित समुदायले नगर स्तरीय संगठन ‘हाम्रो दलित समाज’ गठन गर्ने भएका छन् । शुक्लागण्डकी नगरपालिकामा रहेका दलित समुदायका अगुवाहरुको भेलाले नगर स्तरीय संगठन निर्माण गरि समुदायको अधिकार स्थापना र संरक्षणमा क्रियाशिल गराउने निर्णय गरेका हुन् । नगरपालिकाको १२ वटै वडामा रहेका दलित समुदाय विच एकता गराउनका लागि भरत लामगातेको संयोजकत्वमा सात सदस्यीय तसर्थ समिति चयन गरिएको छ । समितिको सदस्यहरुमा दुर्गाबहादुर विक, मिनबहादुर सुवर्णकार, दिपेन्द्र परियार, ज्योति विक, रिता नेपाली र अमृता विक रहेका छन् । समितिले आगामी जेठ २१ गते वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने र कार्यसमिति चयन गरि प्रकृयामा जाने संयोजक लामगादेले…
करेन्ट लागेर तनहुँमा एकको मृत्यु

करेन्ट लागेर तनहुँमा एकको मृत्यु

म्याग्दे । रुखको घाँस काट्ने क्रममा करेन्ट लागेर गम्भिर भएका तनहुँ म्याग्देका युवाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका ६ अकलाका २१ बर्षीय विमल थापाको करेन्ट लागेर ज्यान भएको हो । घर नजिकै रहेको भब्वियोको रुपमा चढेर घाँस झारि रहदाँ एक्कासी करेन्छ प्रवाह भएर थापा भुईमा बजारिएका थिए । घटना भए लगत्तै जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा ल्याएर उपचार थालिए पनि उनलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
नदीले बगाएका सुकबहादुर भेटिएनन्

नदीले बगाएका सुकबहादुर भेटिएनन्

दमौली । मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएका तनहुँको भानु नगरपालिका बलिफाँटाका सुकबहादुर नेपालीको शव भेट्टाउन सकिएको छैन । शनिबार सतदेवि मन्दिर निर्माणका लागि श्रमदान गर्न हिडेका नेपाली पौडी खेल्ने क्रममा बेपत्ता भएको थिए । तत्काल सुचना प्राप्त हुनासाथ निजको खोजतलासको लागी प्रहरी चौकी पुर्कोट तनहुँ, ईलाका प्रहरी कार्यालय भानु तनहुंबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली, मनकामना गण भानु तनहुँबाट उद्दार सामाग्री सहितको शसस्त्र प्रहरी बल र स्थानिय मानिसहरु समेतको संयुक्त टोली उक्त स्थानमा खटिई खोजतलास गरिरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । उनलाई हालसम्म फेला नपारिएकाले थप खोज र घटना सम्बन्धमा अनुसन्धान भईरहेको जनाइएको छ ।
तनहुँमा फेरि समातिए लागुऔषध कारोबारी

तनहुँमा फेरि समातिए लागुऔषध कारोबारी

दमौली । मुग्लिन पुलजिपमा खटिएका तनहुँ प्रहरीले आईतबार लागुऔषध सहित एक युवालाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका ४ बेनिटारमा रहेको अस्थायी प्रहरी पोष्टमा खटिएका प्रहरीले १४४ एम्पुल लागुऔषध सहित बन्दिपुरका पूर्णकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख ९७२० नम्वरको बसमा आउदै गरेको श्रेष्ठको साथबाट ४८ एम्बुल फेनारागम, ४८ एम्पुल डाईजेपाम र ४८ एम्पुल नुफिन बरामद भएको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । २० बर्षीय युवालाई पक्राउ गरि थप अनुसन्धानका लागि तनहुँ अदालतबाट ६ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गण्डकी प्रदेशकै प्रवेशद्धार मानिने यस स्थानमा लागुऔषध कारोबार…
कसरी गर्ने एन्जाइटी नियन्त्रण ? यस्ता छन् ८ उपाय

कसरी गर्ने एन्जाइटी नियन्त्रण ? यस्ता छन् ८ उपाय

हरेक व्यक्तिमा कुनै न कुनै तनाव त भइरहन्छ । तर तनाव लामो समयसम्म रहन्छ र दैनिकीमा नै असर गरिरहेको हुन्छ भने एन्जाइटीसमेत गराउन सक्छ । एन्जाइटी हुँदा व्यक्तिमा अनायास भय पैदा हुनु, मुटुको धड्कन बढ्नु, पसिना आउनु, हातखुट्टा काम्नु, छटपटी हुनु, टाउको दुख्नु, ग्यास्ट्रिक हुनु, आत्मविश्वास हराउनु र कमजोर अनुभव हुनुजस्ता लक्षण देखिन्छ । यसले बिस्तारै अन्य रोगतर्फ धकेल्न सक्छ । त्यसैले यसलाई बढ्न नदिन तनावको व्यवस्थापन जरुरी हुन्छ । १. आफूलाई समय दिने सबैभन्दा पहिला आफ्नो हेरचाहमा ध्यान दिनु जरुरी छ । आफूलाई खुसी बनाउनतर्फ लाग्नुपर्छ । अनेक कुराले मनमस्तिष्कमा उथलपुथल गराइरहेका हुन्छन् । यसबाट हुने असर कम गर्न…
हरेक मान्छेभित्र एउटा ‘सुन्दर मान्छे’

हरेक मान्छेभित्र एउटा ‘सुन्दर मान्छे’

एउटा ढुंगालाई हेर्नुहोस् । तपाईंको आँखाले त्यसलाई फगत ढुंगा देख्छ । तर, एक कालिगढले त्यो ढुंगामा सुन्दर आकृति देख्छ । हुनपनि हरेक ढुंगामा सुन्दर आकृति हुन्छ ।  कालिगढले छिनो र हतौडाले जब उक्त ढुंगाको अनावश्यक भागहरु टुक्र्याउँदै हटाउँछन्, तब सुन्दर आकृति बाँकी रहन्छ । ठिक यसैगरी एउटा खुला क्यानभासमा चित्ताकर्षक चित्र हुन्छ । कुनैपनि चित्रकारले नै खुला क्यानभासमा चित्र देख्न सक्छन् । जब उनले कुची र रंगहरुले क्यानभासमा पोत्न थाल्छन्, तब त्यहाँ आकर्षक चित्र तयार हुन्छ । उखेलेर मिल्काइएको रुखको जीर्ण जरामा एउटा शिल्पकारले अद्भूत सौन्दर्य देख्छ । उनले त्यसमा रहेका अनावश्यक गाँठो र भागलाई ताछेर लोभलाग्दो हस्तकला तयार गर्छन्…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.