हातेमालो जनसरोकार संस्था इनरूवाकाे पाँचौ बार्षिक साधारण सभा सम्पन्न
सुनसरी इनरूवा । हातेमालो जनसरोकार संस्था इनरूवाकाे पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । उक्त कार्यक्रमकाे अध्यक्षता ग्रहण गर्नुभएका श्री लालबहादुर श्रेष्ठका अनुसार संस्थाकाे पाँचौ साधारण सभा सम्पन्न भएकाे हाे । यस कार्यक्रममा प्रमुख अतिथि इनरूवा नगरपालिका ५ नं. वडाका वडाध्यक्ष श्री अनिलकुमार पाेखरेल रहनु भएकाे थियाे भने इनरूवा ५ नं. वडाका सबै जनप्रतिनिधि सदस्यहरूकाे समेत उपस्थिति रहेकाे थियाे । उपस्थितिका क्रममा करूणा समाज लगायत अन्य संघ संस्थाहरूवाट समेत विभिन्न ब्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे । संस्थाका अध्यक्ष श्री लालबहादुर श्रेष्ठले संस्थाकाे आय ब्यय लगायत संस्थाकाे भाबि याेजना संस्थाकाे बारेमा समेत प्रष्ट पार्नु भएकाे छ ।