घनश्याम भूसाल र चन्द्रदेव जोशीबीच पार्टी एकता गर्ने सहमति
सो कार्यक्रममा नेता विजय पौडेलले दिएको जानकारी अनुसार एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको छ । घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी सहमति भएको छ । दुई पार्टीका नेताहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता घोषणाबारे जानकारी दिएका हुन् । सो कार्यक्रममा नेता विजय पौडेलले दिएको जानकारी अनुसार एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको छ ।