जब्दी क्षेत्रमा जंगली हात्तीकाे आतंक कृषकलाई मार
सुनसरी । वराहक्षेत्र नगरपालिका वडा नं २ जब्दी क्षेत्रमा जंगली हात्तीकाे आतंकका कारण कृषकको धानवालीमा क्षति भएको छ । जंगली हात्तीको कारण भएको क्षतिबाट प्रभाबित हुनु भएका जब्दी क्षेत्रका कृषकहरुसंग क्षतिको जानकारी लिदै नगर प्रमुख श्री रमेश कार्की प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक दिवस कुवरले आज त्यस क्षेत्रकाे अवलाेकन गर्नु भएकाे छ ।
तिजमा बर्तलिने नारीहरुले मठमन्दिमा बिधिवत पुजा गर्दै लिए वर्त
https://www.youtube.com/watch?v=dRWTHvHbYRo
वराहक्षेत्र नगरपालिका संस्थागत क्षमता कार्यसम्पादनमा सुनसरीकै उत्कृष्ट प्रदेशमा पाचाैँ
नेपाल सरकार संङघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०८०/०८२ सालको स्थानित तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिसा) मा सुनसरी जिल्लाको कान्छो नगरपालिकाको रूपमा रहेको वराहक्षेत्र नगरपालिकाले लगातात ३ बर्ष जिल्लामा उत्कृष्ट नम्बर प्राप्त गर्दै प्रथम बनेको छ । वराहक्षेत्र नगरपालिकाले जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिकाहरू र गाउँपालिकाहरू भन्दा उत्कृष्ट अङ्क प्राप्त गरेको छ । वराहक्षेत्रले सय पूर्णाङ्कमा ८५.७५ अङ्क प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए । सुनसरीमा प्रथम बनेको वराहक्षेत्र नगरपालिका कोशी प्रदेश १ सय ३६ वटा स्थानिय तह मध्य पाचौ स्थानमा रहेको छ। ९० .५० अंङ्क प्राप्त गर्दै इलामको सुर्यदय नगरपालिका कोशी प्रदेशको प्रथम ,…
बेवारिसे अवस्थामा मृत महिलाको सव
बेवारिसे अवस्थामा महिलाको सव फेला : बराहक्षेत्र : सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा न : ३ कुपिखोलामा बेवारिसे अवस्थामा महिलाको सब फेला परेको छ । बराहक्षेत्र - ३ कुपिखोलामा नाम थर वतन नखुलेको बर्ष अ.४५ को महिला को सब घोप्टे परेको अवस्थामा पानिमा तैरीएको र मृत अवस्थामा फेला परेको स्रोतले जनाएको छ। ई. प्र. का महेन्द्रनगरका जानकारी अनुसार हाल अनुसन्धान भैरहेको छ ।
सप्तकोसी बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वले गर्याे बृक्षाराेपण कार्यक्रम
बराहक्षेत्र नगरपालिका वडा न: ७ मा अबस्थित सप्तकोसी बहुमुखी क्याम्पसमा नेविसंघ सप्तकोशी बहुमुखी क्याम्पस इकाई सभापति शिशिर तामाङ को नेतृत्वमा इकाई समिति द्वारा वि.पि स्मृति दिवशको अबसमा क्याम्पस प्राङ्गणमा वृक्षरोपण गरेर स्मृति दिवस मनाईको छ । क्याम्पस प्रमुख शुशिल कोइराला, साथै प्राध्यापक शिक्षकहरू तथा सम्पूर्ण विद्यार्थीहरुको उपस्थितिमा वृक्षरोपण कार्यक्रम आज सम्पन्न गरिको हो । बृक्षाराेपण गरिदै
कोशी राजमार्गको धरान तरहरा सडक खण्डको चार कोशेझाडीमा सवारी दुर्घटना
कोशी राजमार्गको धरान तरहरा सडक खण्डको चार कोशेझाडीमा प्रदेश २-००३४-२७२८ नम्बरको बाइक अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटना हुने ब्याक्ती लहान नगरपालिका बस्ने विमल कुमार शाह रहेको स्रोतले बताएको छ । गम्भिर घाईते शाहलाई उपचारका लागि धरान स्थित बिपि कोईराला स्वास्थ्य प्रतिस्ठान लगिएको तरहरा प्रहरी चौकीका इन्चार्ज टिका नेपालले बताएका छन ।
दुर्वासा घाट क्षेत्रमा शव दाहा स्थलको शिलान्यास
राहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित दुर्वासा घाट क्षेत्रमा शव दाहा स्थलको शिलान्यास कार्य सम्पन्न गरिएको छ । शव दाहा स्थलको शिलान्यास कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डल ले गर्नु भएको छ । वराहक्षेत्र नगरपालिकाले मारवडी सेवा समिति धरानसंगको सहकार्यमा उक्त दुर्वासा घाट क्षेत्रको व्यवस्थापनकालागि भौतिक संरचना , सौन्दर्यकरण लगायतको कार्य सुरु गर्ने योजना अनुसार शव दाहा स्थलको शिलान्यास गरिएको हो । उक्त शव दाहा स्थलको शिलान्यास कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डल को प्रमुख आतिथ्यता रहेको थियो । बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की को सभाध्यक्षतामा आयोजना भएको…
चक्रघट्टिमा यहि असार २६ गते चर्चित गायक दुर्गेश थापा
बराहाक्षेत्र : सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा न - ७ साकेला थानमा आउँदो असार २६ गते चर्चित नेपालि गायक दुर्गेश थापा आउने भएको छ। गएको असार ८ गतेबाट संचालित चक्रघट्टि मिनिमेलामा आफ्नो सांगेतिक प्रस्तुतिको लागी उनि आउन लागेको आयोजकले जानकारी दिएको छ । यतिबेला उनका हजारौ फ्यानहरुले निक्कैनै आतुरताका साथ उनको उपस्थितिको प्रतिक्षा गरिरहेका छ । जानकारि दिदै उनको उपस्थितिले स्थानीय मात्र नभई दुर्गेशका हजारौं फ्यानलाई एकै ठाउँमा जम्मा हुने बिश्वास रहेको , मेला संयोजक तथा गायक ताराविर पाण्डे ले बतानु भएको छन। 'PRE-BOOKING OPEN NOW' भन्ने घोषणा भइसकेको छ, जहाँ अग्रिम टिकट रु. २५० मा उपलब्ध छ भने कार्यक्रम…
बराहक्षेत्रनगरपालिका वडा न: १ मा लाग्ने बोलबम मेलाको मुल समिती गठन
वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरा धाममा श्रावण महिनाको सोमवार लाग्ने बोलबम मेलाको व्यवस्थापनकालागि मूल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरू गठन गरिएको छ । नगरपालिकाको कार्यालयसँगको समन्वयमा वडा नं १ वडा कार्यालयले आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय भेलाले मूल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरू गठन गरिएको छ । वडा नं १ का कार्यवाहक अध्यक्ष दिपक राई को सभाध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख रमेश कार्की प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल नगरपालिका प्रशासनका शाखाका प्रमुख राजकुमार गौतम , राजनैतिक दलका प्रतिनिधि , वडाका जनप्रतिनिधि ज्युहरु कर्मचारी हरु , नेपाल रेडक्रस सोसाईटी उसशाखाका अध्यक्ष , चतरा अस्पताल प्रतिनिधि…